Logo

पर्यटन मन्त्रालयसँग सल्लाहनै नगरी नागीडाँडा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्दै जाईका

पर्यटन मन्त्रालयसँग सल्लाहनै नगरी नागीडाँडा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्दै जाईका



काठमाडौं । नागीडाँडा विमानस्थलको काम अघि बढ्ने भएको छ । सरकारले उक्त विमानस्थलको काम रोकिए पनि जाईकाले चासो देखाए पछि काम अघि बढ्ने भएको हो । जाईकाले १ महिना देखी उक्त विमानस्थलको प्रतिवेदन अध्ययन गरिरहेको र पुनः एक महिना पछि नेपाल आएर थप अध्ययन गर्ने नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

नेपालको एयर ट्राफिक कन्जेक्शन तथा हवाई यात्रुलाई लक्षित गर्दै ईन्डिकेडिट प्लानिङ गरिरहेको जाईकाले गौतमबुद्ध, पोखरा अन्तरराष्ट्रिय विमानस्थल, रामेछाप, काठमाडौंको बैकल्पिक विमानस्थल नागीडाँडा हुन्छ वा हुँदैन भनेर अध्ययन गरिरहेको छ ।

प्राधिकरण श्रोतका अनुसार ति विमानस्थलहरुको प्रतिवेदन समेत जाईकालाई बुझाई सकेको छ । जाईकाले अध्ययन गरे पनि ठूलीचौर र नागीडाँडाको भन्ने अझै पनि अन्यौलनै रहेको छ । श्रोतले भने, ‘सबै भन्दा पहिले काठमाडौं नजिक विमानस्थल आवश्यक हो या होईन भन्ने कुरा सबै ट्राफिक कन्जेक्शन हेरी अध्ययन गर्ने र विकल्पमा कहाँ निर्माण गर्दा उपयुक्त हुन्छ भनेर अध्ययन पछि जाईकाले प्रतिवेदन बुझाउने छ ।’

श्रोतका अनुसार नागीडाँडा विमानस्थल बनाउन करिब ८ अर्ब रुपैयाँ लाग्ने छ । तर उक्त स्थानमा विमानस्थल बनाउनको लागि जाईकाले अध्ययन गरे पनि वातवरण प्रभाव मूल्याङकन (इआइए) माहाशाखाले १ बर्ष भन्दा बढी समय हुँदा समेत प्रतिवेदन बुझाउन सकिएको छैन ।

श्रोतका अनुसार हाल जाईकाले अध्ययन गरिरहेको नागीडाँडा विमानस्थल निर्माणको लागि ऋण समेत उपलब्ध गराउने पक्षमा रहेको बुझिएको छ । यस अघि सरकार आफैंले निर्माण प्रकृया अघि बढनाउने तयारी गरिरहँदा इआइए प्रतिवेदन नआएकै कारण काम रोकिएको थियो । प्रतिवेदन आए पछि प्रस्तावित विमानस्थलको जीयो टेक्निकल स्टडी, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा मुआब्जको काम सुरु गर्ने तयारीमा प्राधिकरण रहेको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीले नागीडाँडा विमानस्थल भ्रमणको क्रममा ७५ प्रतिशत जग्गा सरकारको रहेको र २५ प्रतिशतमात्र मुआब्जा दिए पुग्ने बताएका थिए । सोही बेला मन्त्री अधिकारीले आन्तरिक उडानको लागि काभ्रेको नागीडाँडा, ठूलीचौर र देविस्थान ठूलीचौरको अध्ययन गरेको थियो । उक्त टोलिले ८ सय मिटरको रनवे बनाउन साढे ३ अर्ब तथा १२ सय मिटरको रनवे बनाउन साढे ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो ।

तर संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयका प्रबक्ता रुद्रसिं तामाङले भने आफुलाई यो विषयमा केही जानकारी नभएको बताए । उनले भने, ‘यो नागीडाँडा भनेको कहाँ पर्छ मलाई थाहा छैन, तर नयाँ विमानस्थल बनाउने कुरा अहिले आएको छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL