Logo

सम्मेलनको तयारी पुरा, प्राथमिकतामा अनुदान

सम्मेलनको तयारी पुरा, प्राथमिकतामा अनुदान


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

८ असार,काठमाडौं । सरकारले नेपालको पुननिर्माणकालागि अन्तरराष्ट्रिय सम्मेलनमा अनुदानलाई विशेष प्राथमिकता दिने भएको छ । भुकम्पले देश आर्थिक संकटमा परेकोले सकेसम्म अनुदानलाई नै प्राथमिकता दिइने अर्थमन्त्री डा.रामशरण महतले बताएका छन् । ‘अनुदानको व्यवस्था हुन नसकेको अवस्थामा भने सहुलियतपूर्ण ऋण लिने सोचमा छौं’  उनले भने ।

सहुलियत दरमा ऋण लिँदा पनि १ देखि डेढ प्रतिशत व्याजदरमा ३०र४० वर्षका लागि लिने उनले बताए ।

मंगलवार नेपालको पुननिर्माणकालागि अन्तरराष्ट्रिय सम्मेलन बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । बाँकी खर्च नेपालले आफै वेहोर्ने उनले जानकारी दिए । नेपालका निजी क्षेत्र, समुदाय तथा विभिन्न संस्था तथा व्यक्तिले पूननिर्माणमा सहयोग गर्ने महतले जानकारी दिए ।

सो अवसरमा उनले सम्मेलनका सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । साथै सुरक्षा, शान्ति,शिष्टाचार, अतिथि सत्कारलगायत उपसमिति बनाइएको महतले बताए ।

कार्यक्रममा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले विश्वको ध्यान नेपालतर्फ भइरहेको अवस्थमा सम्मेलन गर्नु औचित्यपूर्ण तथा फाइदाजनक हुने विश्वास व्यक्त गरे । ‘भुकम्पपछीको वस्तुस्थितीको बारेमा विदेशीहरुले चासो दिइरहेका छन्’ उनले भने यस्तो अवस्थामा  सम्मेलन गर्दा अन्तरराष्ट्रिय सम्बन्द मजबुत बनाउँछ ।’

नेपालको अवस्थावारे विदेशीहरुलाई प्रत्यक्ष रुपमा जानकारी प्राप्त गर्नेछन् ।  भुकम्प पछी पर्यटनको दृष्टिले नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउन मदत पुग्ने उनको विश्बास छ । त्यस्तै नेपाललाई सहयोग गर्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्था तयार छन् भन्ने दिलासा भुकम्प पिडीतहरुलाई दिन सकिने उनले बताए ।

योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलले पूर्ननिर्माणका लागि ४ देखि ५ बर्षसम्म लाग्ने उनले जानकारी दिए। भुकम्पले ६ सय अर्वको क्षती भएकोमा पूर्ननिर्माणका लागि ६ सय ७० अर्व लाग्नेजानकारी दिउ ।

सात देशका मन्त्री आउने

असार १० गतेबाट हुने सम्मेलनमा भारत, चीन, र नर्वेबाट परराष्ट्रमन्त्री आउनेछन् । त्यस्तै भुटान र बंगलादेशबाट अर्थमन्त्री तथा श्रीलंकाबाट विपद् व्यवस्थापन मन्त्री, जापानबाट परराष्ट्र राज्यमन्त्री आउने निश्चित भएको बताइएको छ ।

त्यसैगरी विश्व बैंकका उपाध्यक्ष,जाइकाका अध्यक्ष, एशियाली  विकास बैंकका अध्यक्षलगायतको उपस्थित रहने छ ।

सम्मेलन क्राउन प्लाजा सोल्टिमा आयोजना गरिने भएको छ ।
सम्मेलनमा उद्दघाटन,विजनेश र प्राविधिक गरी तीन सत्रमा कार्यक्रम आयोजना गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL