Logo

टावर निर्माण कार्य २ महिना पछी सर्यो, २५ वा २१ तले बनाउनेबारे छलफल

टावर निर्माण कार्य २ महिना पछी सर्यो, २५ वा २१ तले बनाउनेबारे छलफल


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

७ जेठ, काठमाडौं । राजधानीको पुरानो बसपार्कमा बन्ने २५ तले टावरको निर्माण कार्य २ महिना पर सरेको छ । सो भवनको निर्माण बैशाखको अन्तिमबाट सुरु गर्ने भनिएपनि बैशाख १२ गतेको भुकम्प तथा त्यसपछीका पराकम्पनले गर्दा निर्माण कार्य पछी सरको हो ।
साथै भुकम्पपश्चात भवन निर्माणको मापदण्डमा फेरबदल गर्न लागिएकोले काम शुरु गर्न नसकिएको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता तथा राजस्व शाखामा प्रमुख महेश काफ्लेले बताए । ‘परिवर्तीत मापदण्ड तयार भएलगतै निर्माण कार्य सुरु गर्ने छौं ’ उनले भने  । भवन २५ तले वा २१ तले बनाउनेबारे छलफल भइरहेको उनले जानकारी दिए ।

भवन पूर्णरुपमा भुकम्पप्रतिरोधात्मक बनाइने बताइएको छ ।

सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर) तथा वातावरणीय प्रभाव मूल्यांकन समेत तयार भइसकेको थियो ।

कामपाले टावर निर्माणका लािग जलेश्वर, स्वछन्द र विकोइसँग सम्झौता गरेको हो । सम्झौता अनुसार ति कम्पनीले आफ्

नो लगानीमा भवन बनाएर ३० बर्षसम्म चलाउनेछन् । कम्पनीले ५ वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ । त्यसपछिका २५ बर्ष सञ्चालन अवधि रहनेछ । सम्झौता अनुसार ३० बर्षपछी कम्पनीले सो भवन काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्न पर्नेछ । यो नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिक हुने बताइएको छ ।

सो टावरको लागत रु.३ अर्व ५० करोड पुग्ने अनुमान गरिएको कामपानले जानकारी दिएको छ । साथै, भवन बनाउँदै जाँदा अझै लागत बढ्न सक्ने समेत उनले बताए ।

कामपाले वनाउन लागेको सो २५ तले टावरको सवैभन्दा तल अर्थातग्राउन्ड फ्लोरमा बसको पार्किङ रहनेछ । त्यस्तै, त्यसको माथि २ ओटा तलामा हलुका गाडीहरुको पार्किङ व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहनेछ । भवनका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ ।

महानगर बनाउन लागेको सो भवन नेपाली कला सस्कृति झल्किने खालको हुनेछ ।

बसपार्कमा सो भवनको निर्माण कार्य सुरु गर्न थालेपछी उपत्यका बाहिर तथा भित्रका सवारीको पार्किङ खुल्लामञ्च र टुडिखेलमा गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL