Logo

पर्यटन मन्त्री भट्टराईको एक बर्षे कार्ययोजना, वृद्धलाई हवाई यात्रामा छुटदेखि विमानस्थल २४ सैं घण्टा संचालनसम्म

पर्यटन मन्त्री भट्टराईको एक बर्षे कार्ययोजना, वृद्धलाई हवाई यात्रामा छुटदेखि विमानस्थल २४ सैं घण्टा संचालनसम्म



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले एक बर्षे कार्ययोजना सार्वजनिक गरेका छन । मन्त्री भट्टराईले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै चालू अर्थिक बर्षको प्रमुख प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गरेका हुन ।

laxmi

मन्त्री भट्टराईले कानूनी तथा नीतिगत सुधारदेखि भ्रमण बर्ष २०२० सम्मका कार्यक्रमहरु आफ्नो प्राथमिकता राखेको जानकारी दिएका छन । उनले भ्रमणबर्ष २०२० मा विश्वका पर्यटन मन्त्रीहरुलाई सहभागि गराई जनवरी १ मा भ्रमण बर्षको सुभारम्भ गर्ने जानकारी दिएका छन् ।

सन २०२० जनवरीको पहिलो हप्ताभित्र विदेशमा रहेका नेपालका सबै कुटनीतिक नियोगहरु, मिसनहरु तथा सातै प्रदेशका राजधानीमा नेपाल भ्रमण वर्षको भब्य शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

नेपालबाट बाहिरिने पर्यटकको भिषा स्टाम्पिङ, ब्यागेज स्टिकर र बोडिङ पासमा नेपाल भ्रमण वर्षको लोगोसहितको स्टिकर राख्ने व्यवस्था मिलाउन अध्यागमन विभाग र सम्वन्धित विमान कम्पनीहरुसंग आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् ।

त्यस्तै भ्रमण बर्षकै अवसरमा हिमालको नामाकरण तथा केही हिमाललाई प्रबर्द्धन गर्न राजस्व छुटको समेत ब्यवस्था गरिने भएको छ ।

चितवनको नारायणी नदीमा सामुन्द्रिक किनारामा सिबीचको झल्को दिनेगरी नदी किनारामा प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसहितको सहकार्यमा आवश्यक भौतिक पूर्वाधारको विकास गरी पर्यटकीय गतिविधि बृद्धि गर्न सम्भाव्यताको अध्ययन गरी मोडालिटी निर्धारण गर्ने भएको छ ।

नागरिक उड्डयन क्षेत्रको सुधार

सरकारले भ्रमणबर्षको अवसर पारी ७० वर्ष उमेर माथीका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुट दिनेगरी सरोकारवालासँग छलफल गरी कार्यान्वयनमा ल्याइने भएको छ ।

त्यस्तै उड्डयन क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न अन्तरराष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालन संभाव्यताको समेत अध्ययन गर्ने मन्त्री भट्टराईले बताउँदै आएको छ ।

सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको सिभिल मेकानिकल कार्य २०१९ डिसेम्बर भित्र सम्पन्न गरी अर्को ३ महिनाभित्रै परीक्षण उडान गर्ने भएको छ । सरकारले उक्त विमानस्थलमा विदेशबाट उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्न इन्सेन्टिभ प्याकेज घोषणा गर्ने तयारी गरेको छ ।

त्यस्तै मन्त्रालयले हाल सम्म प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस एक्टिभिटी सेन्टरका रुपमा विकास गर्न इओआई जारी गर्ने भएको छ ।

काठमाण्डौबाट प्रमुख आन्तरिक विमानस्थलहरुमा जाने साना जहाजहरुको उडान निरुत्साहन गर्दै जाने र काठमाण्डौ बाहिरका विमानस्थलबाट दुर्गम क्षेत्रहरुमा हुने उडानलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुधार

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको रुपमा रहेको त्रिभुवन विमानस्थलको अवस्था थप सुधार गर्न आवश्यक रहेको भन्दै उक्त विमानस्थललाई बुटिक अवधारणा अनुरुप रुपान्तरण गर्न तोकिएका कार्यहरु समयमै सम्पन्न गर्ने लगाउने भएको छ ।

विमानस्थलमा ब्यागेज क्लियरेन्सको कार्य ३० मिनेट भित्र सम्पन्न हुने व्यवस्था मिलाउन र विमानस्थल २४ सै घण्टा सञ्चालन योग्य बनाउने भएको छ ।

नेपाल वायुसेवा निगमको सुधार

मन्त्रालयले नेपाल वायुसेवा निगमको सुधारको लागि समेत केही योजना सार्वजनिक गरेको छ । निगमलाई ससधार गर्न मन्त्रालयले निगमको समग्र व्यवस्थापन सुधार गर्ने, वाइडबडी जहाजलाई रियाद र गोन्जाउ उडान गर्ने सबै विमानहरु सञ्चालनमा ल्याउने भएको छ ।

त्यस्तै निगमबाट सञ्चालित विमानस्थलको ग्राउण्ड ह्याण्डलिङलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विमानस्थल भित्र यात्रुहरुलाई ५ वटा नयाँ सटल बसबाट सेवा दिने निगमको टिकट रद्दपछिको रिफण्ड प्रकृयालाई सरलीकृत गर्ने लगायतका योजनाहरु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL