Logo

जस्तापाताको उत्पादन दोब्बरले बृद्धि गरिँदै

जस्तापाताको उत्पादन दोब्बरले बृद्धि गरिँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

१७ जेठ, काठमाडौं । पछिल्लो समय नेपालमा जस्तापाताको माग उच्च रुपमा बढेको छ । भुकम्प पछि पुनर्निर्माण कार्य सुरु भएसँगै स्थानीय बजारमा जस्तापाताको माग बढेको हो

मागसँगै नेपाली जस्तापाता उद्योगहरुले पनि आफ्नो उत्पादनमा पनि बृद्धि गरेका छन् । बैशाख १२ गतेको भुकम्प तथा त्यसपछिका केही शक्तिशाली पराकम्पनले सरकारी तथा निजी घरहरु क्षतीग्रस्त भएपछि जस्तापाताको उत्पादन तथा माग बढेको हो ।
भुकम्पपछि ६ लाख भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । जसले गर्दा नेपालमा जस्तापाताको माग उच्च रुपमा बढेको उद्योगीहरुको भनाइ छ । अन्य समयमा दैनिक २ सय मेट्रिक टन जस्तापाता उत्पादन हुनेमा हाल ३ सय मेटन उत्पादन गर्न थालेको हुलास स्टिल्सका विक्री प्रवन्धक सुनिल अधिकारीले बताए । तर, बजारको माग अनुसार उत्पादन गर्न नसकिएको उनले जानकारी दिए । ‘सरकारले २४ घण्टा विजुलीको व्यवस्था गरेमा उत्पादन बढाउने सोचमा छौं,’ उनले भने । कम्पनीले दैनिक ३ सय ५० मेट्रिक टन जस्तापाता उत्पादन गर्ने तयारी गरिरहेको समेत उनले जानकारी दिए ।

हाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैर सरकारी संस्थाबाट पनि जस्तापाताको माग आउने गरेको उनले जानकारी दिए । हाल नेपालमा दैनिक ८ सय मेट्रिक टन जस्तपाता उत्पादन हुने व्यवसायीहरु बताउँछन् । आरती स्ट्रीप्सले ३ सय ५० मेट्रिक टन जस्तापाता उत्पादन गर्दै आएको छ । उत्पादिन जस्तापाताको ७५ प्रतिशत निर्यात हुनेमा हाल सवै स्थानीय बजारमा खपत भइरहेको कम्पनीका महाप्रवन्धक दिव्य सापकोटाले बताए ।

यसैगरी, राजेश मेटल क्राफ्ट र भगवती स्टीलले क्रमश १ सय तथा ५० मेट्रिक टन जस्तापाता उत्पादन गर्दै आएको छ । त्यस्तै राजेश मेटल क्राफ्टले पनि आफ्नो उत्पादनको आधा भन्दा बढी जस्तापाता भारतमै निर्यात गर्दै आएको थियो । अन्य समयमा बार्षिक ३ लाख मेट्रिक टन जस्तापाता उत्पादन हुने गरेको छ ।

यसैबीच नेपाली उद्योगहरुलाई भारतमा जस्तापाता निर्यातमा सरकारले रोक लगाएको छ । भुकम्प पिडीतलाई अस्थाइ बसोबासका लागि जस्तपाता अभाव हुन नदिने भन्दै निर्यातमा रोक लगाएको हो । यस विषयमा व्यवसायीहरुले पनि सर्मथन जनाएका छन् । नेपाली बजारको माग पुरा भएपछि मात्र निर्यात गरिने व्यवसायीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL