Logo

नेपालमा वेस्ट इन्डिजको सबैभन्दा बढि लगानी, कहाँ कहाँ छन् लगानी ?

नेपालमा वेस्ट इन्डिजको सबैभन्दा बढि लगानी, कहाँ कहाँ छन् लगानी ?



काठमाडौं । नेपालमा सबैभन्दा बढि प्रत्यक्ष वैदेशिक लगानी वेस्ट इन्डिजबाट भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा वेष्ट इण्डिजको ६२ अर्ब ७७ करोड रुपैयाँभन्दा बढि लगानी गरेको छ ।

तथ्याङक अनुसार वेस्ट इण्डिजबाट नेपालमा उक्त लगानी सेवा क्षेत्रमा भएको हो । अनुसन्धानको क्रममा वेस्ट इण्डिजप्रति गत आबसम्म नेपालको कुल दायित्व ६२ अर्ब ७७ करोड रुपैयाँभन्दा बढि रहेको भेटिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादूर थापाले बताए । ‘अनुसन्धानको क्रममा नेपालमा वेस्ट इण्डिजको सो बराबरको रकम लगानी भएको भेटियो,’ उनले भने, ‘तर, कुन कम्पनीमा कति लगानी भएको छ भन्ने विषय जानकारी भएन ।’

नेपालमा वेस्ट इण्डिज पछि सबैभन्दा बढि लगानी भारको छ । भारतको सो अबधिसम्मका २७ अर्ब २५ करोड रुपैयाँ लगानी रहेको छ भने तेस्रो स्थानमा रहेको चीनको १० अर्ब ८४ करोड ४१ लाख लगानी भएको छ ।

नेपालमा क्रमश सिंगापुर, आयरल्याण्ड, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकालगायतका मुलुकबाट बढि लगानी भित्रिएको उक्त प्रतिवेदनले देखाएको छ ।

तर, चुक्ता पूँजीको आधारमा भने नेपालमा सबैभन्दा बढि लगानी भारतबाट भित्रिएको छ । सो अबधिमा भारतबाट ११ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी भित्रिएको तथ्याङ्कमा उल्लेख छ । यस्तै चुक्ता पूँजीको आधारमा चीनबाट दोस्रो बढि ७ अर्ब ३० करोड रुपौयाँ भित्रिएको छ भने तस्रो स्थानमा रहँदै सिङ्गापुरबाट ३ अर्ब ५० करोड रुपैयाँ भित्रिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL