Logo

अब गुगलबाटै सगरमाथा(नमुनासहित)

अब गुगलबाटै सगरमाथा(नमुनासहित)


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

सगरमाथा हेर्न र चढ्न चाहने तर समय नपाएकाहरूका लागि खुशिको खबर छ । गुगलले आफ्नो ‘स्ट्रिट भ्य’ूमा सगरमाथा र यस क्षेत्रका नमुनाहरू बिहिबारदेखि सार्वजनिक गरेको छ ।

सगरमाथाको ‘भर्चुअल’ पर्यटनको रूपमा समेत लिइएको यो स्ट्रिट भ्यूले सगरमाथा राष्ट्रिय निकुञ्ज, त्यहाँको धर्म तथा रहनसहन, याक र अन्य विविधि प्राकृतिक दृश्य समेत यसमा समेटिएको छ ।
स्ट्रिट भ्यूमा राखिएका दृश्यहरू स्वचालित जस्ता देखिन्छन् ।

यसले दर्शकलाई त्यस क्षेत्रको वास्तविक अनुभुति दिनेछ ।

google street view

 
गुगलले २१ पटकका सगरमाथा आरोही आप्पा शेर्पा र काठमाडौंमा रहेको स्टार्टअप स्टोरी साइकलसँगको सहकार्यमा यो योजना सार्वजनिक गरेको हो । दुईए हप्ता लगाएर गुगलले त्यस क्षेत्रका करिब ४५ हजारओटा तस्विर स्ट्रिट भ्यूका लागि खिचेको थियो ।

yak in everest

 

सशक्त टेलि लेन्स र अन्य क्यामेराको प्रयोग गरेर खिचिएका यी तस्विरले सगरमाथा क्षेत्रको वास्तविकता त बताउँछ नै, यसबाहेक तस्विरको गुणस्तरले जोकोहीलाई पनि मनमोहक पार्नेछ ।

stree view 1
स्ट्रिट भ्यूको माध्यमबाट सगरमाथा क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा सहित आफू यो परियोजनामा संलग्न भएको शेर्पाले स्पष्ट गरेका छन् ।

यस क्षेत्रमा शिक्षा, स्वास्थ्यको विकासका लागि स्ट्रिट भ्यू महत्वपूर्ण माध्यम हुन सक्ने उनको भनाई छ ।

hill side nepal

त्यस्तै यस क्षेत्रमा भरियाका रूपमा जीवन निर्वाह गरिरहेका शेर्पा जातिका लागि यो परियोजना परिवर्तनको माध्यम हुन सक्ने गुगलको विश्वास छ ।

street view

स्ट्रिट भ्यूले सगरमाथा क्षेत्रको जानकारी दिने भएकोले आरोही तथा नयाँ पर्यटकका लागि त्यस क्षेत्र सहज हुने समेत गुगलले बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL