Logo

माइतीघर–तीनकुने पुल निर्माणमा पप्पु कन्स्ट्रक्सनको आलटाल, तोकिएको समयावधि सकिदा ४५ % मात्र काम

माइतीघर–तीनकुने पुल निर्माणमा पप्पु कन्स्ट्रक्सनको आलटाल, तोकिएको समयावधि सकिदा ४५ % मात्र काम



काठमाडौं । तिनकुने माइतिघर सडकखण्ड अन्तरगत धोबिखोलाको काम हालसम्म करिब ४५ प्रतिशत सम्पन्न भएको छ । २ बर्ष अघि ठेकेदार कम्पनीले २०७४ साल पुस १३ गते निर्माण सम्पन्न गर्ने सम्झौता गरेपनि हालसम्म ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको हो ।

हाल सो सडकखण्डमा रहेका २ ओटा पुलमध्ये तिनकुने बागमती पुलको काम भने जम्मा २० प्रतिशत भएको छ । सडक विभागका अनुसार ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन र जेइ कन्सट्रक्सनले ठेक्का लिएकोे २ ओटा नेटवर्क आर्क ब्रीजको काम भने एकदमै ढिला भइरहेको छ ।

सडक विभागका प्रवक्ता मुक्ती गौतमका अनुसार तिनकुनेस्थित बागमती पुलको ठेक्का लिएको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले २०७५ असार ५ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौतो भएपनि निर्माण सम्पन्न गरिसक्ने मिति २ महिना बाँकी रहँदा जम्मा ४५ प्रतिशत काम भएको छ ।

हाल धोविखोला पुलकोे ढलान गरिसकेपछि काम सक्किने बताए । सडक विभागले बागमतीको पुल र धोविखोलाको पुलको दुबैतिर नेटवर्क आर्क ब्रीज डिजाइनको पुल निर्माण गर्न प्रस्ताव गरेको आयोजनाका प्रमुख दीपक केसिले जानकारी दिए ।

निर्माणका क्रममा प्रयोग गरिएका प्रायजसो सामग्रीहरु भारतबाट आयात गर्नुपर्ने हुँदा पनि काममा ढिलाइ भएको उनको भनाई छ । यसका साथै धोविखोलाको पुल निर्माणका क्रममा ढल निर्माताहरुले बेलाबेलामा काममा अवरोध खडा गरेकाले पनि काममा ढिलाइ भएको उनको भनाइ थियो । यसका साथै ठेकेदारको सुस्तताले पनि काममा ढिलाइ भएको उनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL