Logo

स्टिभ जब्सको जागिरे निवेदनलाई ५० लाख !

स्टिभ जब्सको जागिरे निवेदनलाई ५० लाख !


बिजखबर संवाददाता
0
Shares

लगभग ४ दशक अघी स्टिभ जब्सले एउटा निवेदन भरेका थिए, जसलाई आउने महिना लिलामिमा राखिने भएको छ । उक्त कार्यले एप्पलका संस्थापकको प्राविधिक तथा डिजाइनको कार्यलाई माथी उठाउन आशा जगाउने विश्वास लिइएको छ ।

सन १९७३ मा लेखिएको १ पानाको उक्त निवेदनको मूल्य ५० हजार डलर तोकिएको छ । बोस्टोनस्थित आरआर अक्सनका अनुसार विराम चिह्न तथा विभिन्न त्रुटीले भरिपुर्ण उक्त निवेदनमा उनको ठेगाना रिड कलेज बताइएको छ भने आरेगोन कलेजमा पढेको बताइएको छ । जसमा उनको नाम स्टिभेन जब्स सुचित छ । पायोनियरिङ क्यालिफोर्नियाका प्रविधि तथा डिजाइन इन्जिनियरलाई ‘विशेष क्षमतावान’ शिर्षकमा जब्सले निवेदन लेखेका थिए ।

तर उनको निवेदनमा कुन पदका लागि निवेदन लेखिएको हो बताइएको छैन । त्यसैको ३ बर्षपछि जब्स र उनका साथी स्टिभ ओज्नियाक मिलेर एप्पल कम्पनीको स्थापना गरेका थिए । उनको ५६ बर्षको उमेरमा सन २०११ मा क्यान्सरका कारण उनको मृत्यु भएको थियो । जब्सले निवेदनमा आफुसँग चालक अनुमतिपत्र भएको खुलाएका छन भने फोनको प्रश्नमा उनले छैन भनेका थिए ।

त्यसैगरी उनले यातायातसम्मको पहुँच रहेको तर सम्भव नरहेको निवेदनमा छ । ‘पप संस्कृतिको’ बिक्रीको एक हिस्सा हुने उक्त निवेदन मार्च ८ र १५ मा आरआर लिलामिले लिलामिमा राख्नेछ । उक्त लिलामीमा अन्य २ आइटमहरु पनि राखिनेछन । जसमा २००१ मा जब्सले हस्ताक्षर गरेको ‘म्याक ओएस एक्स’ प्राविधिक हाते पुस्तक रहेको छ । जसको लिलामि मूल्य २५ हजार डलर तोकिएको छ । अर्काे २००८ मा जब्सद्धारा हस्ताक्षरित तथा उनकै फोटो राखिएकोे ‘नयाँ तिब्र गतिको आइफोन १९९ डलरमा बेचिनेछ’ युक्त शिर्षक रहेको पत्रिकाको कर्टिङ राखिने छ । जसको मूल्य १५ हजार डलर रहेको छ । त्यसैगरी लिलामीमा जिम्मी हेन्ड्रीक्सको आरिजिनल ल्याप्चे कार्ड पनि राखिने छ, जसलाइ सन १९६९ मा टोरन्टोमा लागु औषधिको कारोवारको अभियोगमा समातिएको थियो । जसको मूल्य १५ हजार डलर तोकिएको छ ।

यसका साथै उक्त लिलामिमा बेलायती गायक स्वर्गीय यमी वाइनहाउसले आफ्नो पति ब्लेक फिल्डर सिभिललाइ लेखेको एक पेजको प्रेमपत्र पनि समावेश गरीनेछ । यसको अलावा वाइनहाउसले स्केच गरेको हृदयले घेरिएको एक गोहीको वच्चाको स्केच पनि समावेश गरिनेछ । वाइनहाउसले लेखेको ‘प्रिय मबाट केहि कुरा नसुन्दासम्म केहि नगर मलाइ तिम्रो साथ चाहिन्छ ताकि म आँखा खोल्न सकुँ, म श्वास फेर्न सकु, र मुटको ढुकढुकी चलाउन सकु’ यो लेख पनि लिलामीमा समावेश गरिनेछ । वाइनहाउसको निधन लण्डनमा मदिरायुक्त विषादीका कारणले सन २०११ मा २७ बर्षको उमेरमा भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL