Logo

युनियनलाई साधारण सेयर जारी गर्न बाटो खुल्यो, साढे ६४ लाख कित्ता आउँदै

युनियनलाई साधारण सेयर जारी गर्न बाटो खुल्यो, साढे ६४ लाख कित्ता आउँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । कम्पनीको प्रथम वार्षिक साधारणसभाले साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेसँगै सर्वसाधारका लागि सेयर जारी गर्ने निश्चित भएको हो ।

कम्पनीको साधारणसभाले साधारण सेयर निष्कासनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । जस अनुसार युनियनले कुल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।

साभाले शुलभ अग्रवाल, शेखर गोल्छा, संदिपकुमार अग्रवाल र जीवनकुमार अग्रवाललाई सर्वसम्मत रुपमा सञ्चालकमा निर्वाचित गरेको छ ।

गत असोजमा युनियनले जीवन बीमा कारोबार सुरु गरेको हो । २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयरको संस्थापक लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL