Logo

एनटीसीको महशुल शुल्कमा ११ प्रतिशत छुट, सेवा सुधार ल्याउन मन्त्री रिजालको निर्देशन

एनटीसीको महशुल शुल्कमा ११ प्रतिशत छुट, सेवा सुधार ल्याउन मन्त्री रिजालको निर्देशन


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२२ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई महशुलमा ११ प्रतिशतसम्मको छुट दिने भएको छ । टेलिकमले बिहीवार आफ्नो ११औं बार्षिकोत्सवको अवसरमा उक्त योजना सार्वजनिक गरेको हो । माघ २२ देखि २९ गतेसम्म दिइने उक्त छुट जीएसएम तथा स्काइफोनको पोष्पेड र प्रिपेडमा लागु गरिने बताइएको छ । त्यस्तै पीएसटीएन सेवाका ग्राहकहरुलाई भने फागुन महिनाको विलमा ११ प्रतिशत छुट दिइने जानकारी दिएको छ ।

जीएसएम तथा स्काइका पोष्पेड मोवाइलमा हालको मासिक महसुलमा थप ३ सय एमबी डाटा निशुल्क उपलब्ध गराइने भएको छ । यो योजना फागुन ३० गतेसम्म लागु हुने बताइएको छ ।

टेलिकमले जीएसएम तथा स्काइ मोवाइलका नयाँ सिम र रिममा पनि विभिन्न सुविध थप गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महिला स्वास्थयकर्मीहरुलाई एफसीएचभी प्याकेज उपलब्ध गराएको छ । जसअनुसार सो प्याकेज प्रत्येक १० मिनेट कुरा गर्दा रु १ बोनस स्वरुप उपलब्ध गराइएको छ ।

बार्षिकोत्सवको उद्दघाटन गर्दै सुचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले टेलिकमको सेवा सस्तो भएपनी गुणस्तरिय नभएकोले यसलाई सुधार गर्नुपर्ने बताए । ‘सस्तो र गुणस्तरीय सेवा प्रदान गर्ने क्षेत्रसँग प्रतिशस्पर्धा गर्नुपर्ने देखिन्छ,’ उनले भने । साथै उनले एनटीसीको मात्र उपस्थिती रहको क्षेत्रलाई बढावा दिन सुझाए । टेलिकमलाई ल्याण्डलाइनमा भ्यालु एड गरी उक्त सेवाबाट कमाइ गर्न सुझाए । टेलिकमलगायत अन्य कम्पनीले ‘फोर जी’ सेवा सुरु गर्न माग गरेपनि प्राविधिक कठिनाइका कारण अहिलै सुरु गर्न नसकिने जानकारी दिए ।

सो अवसरमा टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले कम्पनीको एक दशक अत्यन्तै उपलब्धिमुलक रहेको बताए । उनका अनुसार कम्पनीका ग्राहक संख्या १ करोड १७ लाख पुगेको छ । त्यस्तै कम्पनीको कुल आय ७ अर्व ६६ करोडबाट बृद्धि भइ आव ०७०÷ ७१ सम्म ३९ अर्व ६९ करोड पुगेको छ । टेलिकमले कुल टेलिघनत्वको ४५ प्रतिशत र डाटा सेवा तर्फ ५५ प्रतिशत हिस्सा ओगटेको उनको दावी छ ।

कम्पनीले आगामी दिनमा अप्टिकल फाइवर नेटवर्कलाई मुख्य शहरहरुमा विस्तार गरी फिथ सेवा उपलब्ध गराउने जानकारी दिएको छ । साथै चालुआवमा हुम्ला र डोल्पा जिल्लासम्म माइक्रोवेभ रेडियो लाइन विस्तार गर्ने बताएको छ । मुलुकका विभिन्न स्थानहरुमा वाइम्याक्स हटस्पट स्थापना गरी डाटा सेवा विस्तार गर्ने बताएको छ ।

कार्यक्रममा दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले २०१८ सम्म हरेका गाउँमा टेलिफोन पु¥याउने योजना अनुरुप अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा कम्पनीका १० उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको थियो । उनीहरुलाई ३० हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै बढी रिचार्ज कार्ड विक्री गर्ने पाँच विक्रेतालाई सम्मान गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL