Logo

जिल्ला केन्द्रित हुँदै महासंघ निर्वाचन, पूर्वमा गोल्छा पश्चिममा प्रधान

जिल्ला केन्द्रित हुँदै महासंघ निर्वाचन, पूर्वमा गोल्छा पश्चिममा प्रधान


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यतिवेला जिल्ला तथा नगर केन्द्रित बन्न पुगेको छ । केही समय अघि मात्र वरिष्ठ उपाध्यक्षमा आ–आफ्नो उम्मेदवारी घोषणा गरेको किशोर प्रधान र शेखर गोल्छाले यतिवेला आफ्नो चुनावी क्यापियन जिल्ला केन्द्रित गरेका छन् ।

विधान परिमार्जनसँगै यस अघि अध्यक्ष पदमा हुने निर्वाचन अहिले वरिष्ठ उपाध्यक्ष पदका लागि हुँदैछ । जसमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको हिस्सा बढी हुने भएकाले दुबै उम्मेदवारहरु जिल्ला दौडाहामा लागेका हुन् । बरिष्ठ उम्मेदवारलाई जिल्ला तथा नगर, बस्तुगत र एशोसिएट्स तीन वटै समुहले मतदान गर्नेछन् । जसमा जिल्ला तथा नगरको हिस्सा ५० प्रतिशत रहेको छ ।

केही समय अघि बुटवलबाट आफ्नो उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले मकवानपुर र मधेश हुँदै यतिवेला चुनावी अभियानलाई पूर्वमा केन्द्रित गरेका छन् । एशोसियट्मा राम्रो पकड भएका गोल्छाले चुनावी अभियानलाई जिल्ला केन्द्रित गरेका हुन् ।

पूर्व अध्यक्ष चण्डीराज ढकाल, वर्तमान अध्यक्ष पशुपति मुरारका, जिल्ला तथा नगर उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र अन्य जिल्ला अध्यक्षहरुको टीम लिएर अहिले उनी पूर्वका जिल्लाहरुको भ्रमणमा रहेका छन् । हामीसँग फोनमा कुराकानी गरिरहँदा उनी इलाम उद्योग वाणिज्य संघको कार्यक्रममा समभागी हुन पुगेका थिए ।

यसैगरी विराटनगरबाट उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी भने चुनावी प्रचारप्रसारमा सुदुर पश्चिमतर्फको यात्रामा लागेका छन् । बस्तुगतको उम्मेदवार मिलाउन केही समय काठमाडौंमा रहेका प्रधान आज चुनावी क्याम्पियनका लागि धनगढी पुगेका छन् । सुदुर पश्चिम र पश्चिमका जिल्लाहरुमा चुनावी प्रचारप्रसारका लागि उनी सप्ताहव्यापी क्याम्पियनमा जिल्ला लागेका हुन् । उनको प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

जिल्ला तथा नगरमा प्रभाव रहेका प्रधान साना तथा मझौला उद्योगको हकहितका लागि भन्दै आफ्नो उम्मेदवारी प्रस्तुत गरिरहेका बताउँछन् । धेरै जसो पूर्व अध्यक्षहरुको साथ रहेको प्रधान पनि आफ्नो टीम सहित चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL