काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ६ सय ६१ स्टार्टअप परियोजना छनोट गरेको छ। स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० अनुसार देशभरिबाट प्राप्त ५ हजार १ सय ५८ प्रस्तावहरूमध्ये १ हजार ३ सय १४ उद्यमीले आफ्नो परियोजना प्रस्तुति दिएका थिए। तीमध्ये ६ सय ६१ परियोजना छनोट भएका हुन्।
छनोटमा परेका परियोजनाले अब बिना धितो अधिकतम् २५ लाख रुपैयाँसम्मको कर्जा प्राप्त गर्न सक्ने छन्। कार्यविधि अनुसार छनोट प्रक्रिया अनलाइन र भौतिक उपस्थितिबाट सम्पन्न गरिएको हो।