Logo

सुधारको बाटोमा अर्थतन्त्र, वाणिज्य बैंकहरुको कर्जा र निक्षेप दुवै बढ्यो

सुधारको बाटोमा अर्थतन्त्र, वाणिज्य बैंकहरुको कर्जा र निक्षेप दुवै बढ्यो



काठमाडौं । पछिल्लो १ वर्षमा वाणिज्य बैंकहरुको कर्जा र निक्षेप दुवैमा सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप संकलन १३.४८ प्रतिशत र कर्जा प्रवाह ८.८३ प्रतिशतले बढेको छ । यसले आर्थिक गतिविधिमा सामान्य सुधार देखिन थालेको संकेत गर्छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अर्थतन्त्रका सबै क्षेत्र सकारात्मक छन् ।

त्यसका साथै अर्थतन्त्रका बाह्य क्षेत्रमा पनि उल्लेख्य सुधार रहेको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समयमा आयातमा सुधार आएकाले कर्जा पनि वृद्धि भएको हो । केन्द्रीय बैंकका अनुसार यो अवधिमा वस्तु आयात बढ्दा समग्र कर्जा परिचालनमा सुधार आएको हो । लामो समयदेखि कर्जा विस्तार गर्न नसकेर अधिक तरलता (लगानीयोग्य पुँजी थुप्रिने) समस्या व्यहोरिरहेका बैंक तथा वित्तीय संस्थालाई वस्तु आयातमा भएको वृद्धिले लाभ पुर्याएको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८.८३ प्रतिशतले बढेर ४९ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । २०८१ को असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यता, गत वर्षमा वाणिज्य बैंकहरुको निक्षेप संकलन १३.४८ प्रतिशतले बढेर ६५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्