Logo

टेलिकमले फोरजीको सफ्टवेयर खरिद प्रक्रिया शुरु गर्यो, काठमाडौं र पोखरामा पुसभित्रै

टेलिकमले फोरजीको सफ्टवेयर खरिद प्रक्रिया शुरु गर्यो, काठमाडौं र पोखरामा पुसभित्रै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले फोर जी सेवाका लागि सफ्टवेयर तथा कार्ड खरिद प्रक्रिया अघि बढाएको छ । हुवावेसँग कार्ड र सफ्टवेयर अर्डर गरिसकेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् । उनका अनुसार फोरजी सञ्चालनका लागि आवश्यक अन्य उपकरण टेलिकमले हुवावेसँग खरिद गरिसकेको छ । फोरजी सञ्चालनको अनुमति पाएसँगै अन्य प्रक्रिया पुरा गरिसकेकोले १ महिनाभित्रै सेवा शुरु गर्ने उनले बताइन् ।

टेलिकमले गत शुक्रवार नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजी सञ्चालनका लागि व्यवसायीक कार्ययोजना पेस गरेको थियो । आगामी दुई महिनाभित्र फोरजी सञ्चालन गर्ने उद्देश्यका साथ योजना बुझाएको हो ।

कार्ययोजनामा पुससम्ममा फोरजी सेवा प्रदान गर्ने उल्लेख गरिएको छ । साथै प्राधिकरणले उपलब्ध गराएको १५०० मेगाहर्ज मध्य ५ मेगाहर्जमा फोरजी सञ्चालन गरिने बताइएको छ ।

वैद्यका अनुसार मंसिरको अन्तिम वा पुसको पहिलो साताभित्र काठमाडौं र पोखराको शहरी भागमा फोरजी सेवा सञ्चालन गरिने छ ।

कार्यायोजना पेस भए पश्चात प्राधिकरणले निश्चित अवधि र सर्त तोकी समय प्रदान गर्ने नेपाल दुरसंचार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

टेलिकमले नेपालमा पहिलो पटक फोरजी सञ्चालनको अनुमती पाएको हो । प्राधिकरणले फ्रिक्वेन्सी बाँडफाड सम्बन्धी संसोधन नीति अनुसार टेलिकमलाई १८ सय व्याण्डमा प्रविधि तटस्थ अनुसार फोरजी संचालन अनुमति दिइएको हो । फोरजी प्रविधिमा उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन सक्नेछन् । त्यस्तै इन्टरनेटमा आधारित टेलिफोन (आईपी टेलिफोन ) सेवा चलाउन सकिन्छ ।

बैद्यका अनुसार शुरुमा काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराइने छ । त्यसपछि विस्तारै अन्य शहरी क्षेत्रमा फोरजी उपलब्ध गराइने उनले जानकारी दिए । अधिकांश प्रयोगकर्ताको मोवाइल फोरजी सपोर्ट नगर्ने भएकोले शुरुमा शहरी भेगमा सो सेवा उपलब्ध गराउन लागेको उनले जानकारी दिए ।

प्राधिकरणले फोरजी संचालनको अनुमती दिएसँगै सेवाप्रदायक कम्पनीले प्राधिकरणमा सेवा विस्तार सम्बन्धी कार्ययोजना पेस गर्नु पर्नेछ । फोरजी प्रविधिमा उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन सक्नेछन् । त्यसैगरी इन्टरनेटमा आधारित टेलिफोन (आईपी टेलिफोन ) सेवा, गेमिङ उच्च डेफिनेसनको भिडियो सेवा, भिडियो कन्फ्रेरेन्सिङ लगायतका सेवा समेत चलाउन सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL