Logo

निगमको न्यारोबडी जहाज मर्मतमा ढिलाई, छानविनका लागि समिति गठन

निगमको न्यारोबडी जहाज मर्मतमा ढिलाई, छानविनका लागि समिति गठन



काठमाडौं । नेपाल एयरलाइन्सले न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन गरेको छ । निगमको ९एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेको भन्दै यसको छानविन गर्न समिति गठन गरेको निगमले जानकारी दिएको हो ।

laxmi

निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको बताएको छ ।

उक्त समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्ड्रस्ट्रिजमा मर्मतका लागि पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन र अध्ययन गरी १५ दिनभित्र सिफारिससहितको प्रतिवेदन बुझाउन भनिएको छ ।

सम्झौताको सर्तअनुसार समयमा इन्जिन दिन नसकेको सम्बन्धमा निगमको सीएएम डिपार्टमेन्टबाट क्षतिपूर्ति दाबी गर्ने प्रक्रिया समेत अगाडि बढेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL