Logo

पुँजी कोषको व्यवस्थापन गर्न नबिलले ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने, डिबेन्चर पनि बिक्री गर्दै

पुँजी कोषको व्यवस्थापन गर्न नबिलले ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने, डिबेन्चर पनि बिक्री गर्दै



काठमाडौं । नबिल बैंकले पुँजी कोषको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ ।

laxmi

नबिलको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता अर्थात ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको हो। बैंकले ८ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर बिक्री गर्ने जानकारी गराएको छ ।

राष्ट्र बैंकको स्वीकृति पाएमा मुनाफा भएको वर्ष मात्र लाभांश वितरण गर्ने र सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर प्राइभेट प्लेसमेन्ट गरी बिक्री गर्ने नबिलले जनाएको छ । यता, सञ्चालक समितिले नियमनकारी निकायहरुको स्वीकृति लिएर ८ वर्ष अवधिको ८ प्रतिशत ब्याजदर भएको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ पनि जारी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL