Logo

प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा, बुधबारदेखि लागू हुने

प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा, बुधबारदेखि लागू हुने



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । आफ्नो ५ बर्षे कार्यकालको ६ महिना बाँकी रहँदै उनले मंगलबार मन्त्रालयसमक्ष राजिनामा पेश परेका हुन् ।

laxmi

मंगलबार बिहान मात्रै मन्त्रालयमा उक्त राजिनामा पेश गरेको उनी आफैले स्वीकारेका छन् । ‘मैले आफ्नै राजिखुसीमा राजीनामा दिएको हुँ,’ उनले भने, ‘६ महिना पछि राजिनामा दिनु र अहिले राजीनामा दिनु फरक देखिन ।’

पछिल्लो समय टेरामक्स, एमडीएमएस, आइएसपीको विवादलगायतका बिषयमा प्राधिकरण संचार तथा सूचना प्रविधि मन्त्रालयबाट लगातार दवावमा पर्दै आएको छ । यसैका कारण पनि खनालले आफ्नो पदबाट ६ महिना अगावै राजीनामा दिएको प्राधिकरणका एक अधिकारीले बताए । उनले बुधबारदेखि लागू हुनेगरी राजिनामा पेश गरेका हुन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको ६ साउन २०७६ को मन्त्रिपरिषद् बैठकले उनलाई ५ वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । आगामी ६ साउनसम्मको उनको कार्यकाल थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL