Logo

यी चार बिषयमा भयो नेपाल भारतबीच सम्झौता, अब भारतीय दूतावासले पनि नेपालका परियोजनामा २० करोडसम्म लगानी गर्ने

यी चार बिषयमा भयो नेपाल भारतबीच सम्झौता, अब भारतीय दूतावासले पनि नेपालका परियोजनामा २० करोडसम्म लगानी गर्ने



काठमाडौं । अब भारतीय दूतावासले पनि नेपालमा परियोजनामा २० करोड रुपैयाँसम्म लगानी गर्ने भएको छ । भारतीय विदेशमन्त्री एस जउशंकरको उपस्थितिमा बिहीबार बसेको नेपाल भारतबीचको संयुक्त बैठकमा हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (एचआईसीडीपी) कार्यान्वयन गर्ने सहमतिमा हस्ताक्षर भएको हो । यो सहमति अनुसार काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोडसम्म लगानी गर्न सक्ने छ।

laxmi

यस्तै आजको संयुक्त बैठकमा नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्युत सम्झौतामा हस्ताक्षरसमेत भएको छ। यो सम्झौता अनुसार भने भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने उल्लेख छ । यस्तै आजकै बैठकमा नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र न्यू स्पेस इन्डिया लिमिटेडबीच पनि सम्झौता भएको छ ।

यो सम्झौताअन्तर्गत भने भारतले नेपालले बनाएको स्याटेलाइट प्रक्षेपणमा सहयोग गर्ने भउको छ । इस्तै भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि नेपाललाई १० अर्ब रुपैयाँ नेपाली अनुदान सहयोग गर्ने समेत सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL