Logo

अब सहकारी दर्ता गर्न नपाईने, धेरै सहकारी भएपछि सकस भएको मन्त्रालयको ठहर

अब सहकारी दर्ता गर्न नपाईने, धेरै सहकारी भएपछि सकस भएको मन्त्रालयको ठहर



काठमाडौं । सरकारले अबदेखि सहकारी संस्था दर्ता र कार्यक्षेत्र विस्तारमा रोक लगाएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले अर्काे निर्णय नहुँदासम्मका लागि भन्दै सहकारी दर्ता बन्द गर्न निर्देशन दिएको छ ।

laxmi

बिहीबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई वचत तथा ऋणको मुख्य कारोवार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी सस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउन निर्देशन दिएको हो ।

मन्त्तालयका अनुसार देशभर ठूलो संख्यामा रहेका वचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरुबाट पछिल्लो समयमा ठूला ठूला बचत स्वीकार गर्ने र जोखिमयुक्त लगानी गर्ने प्रवृत्तिमा वृद्धि हुँदै गएको छ । यसले सहकारी संस्थाका सदस्य तथा वचतकर्ताहरुको वचत फिर्ता हुन नसकी सहकारी संस्थाहरुमा गम्भीर समस्या सिर्जना भएको मन्त्रालयको ठहर छ ।

यसबाट समग्र सहकारी क्षेत्रका अतिरिक्त सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढ्दै गएकोले यस क्षेत्रको समस्या समाधानको लागि अर्को व्यवस्था गनुपर्ने मन्त्रालयले जानकारी दिएको छ । यसैका लागि भन्दै तत्काल सहकारी संस्थाको व्यापार विस्तारमासमेत रोक लगाईएको हो । खासगरी यसअघि गएको कार्तिक २३ गते बसेको मन्त्रिपषिदले नै यसको निर्णय गरेको थियो

प्रतिक्रिया दिनुहोस्
MBL