Logo

नियम पालना गर्दैनन् ठेकेदार कम्पनी, सरकारले राख्याे २० कम्पनीलाई कालोसूचीमा

नियम पालना गर्दैनन् ठेकेदार कम्पनी, सरकारले राख्याे २० कम्पनीलाई कालोसूचीमा



काठमाडौं ।सरकारले विभिन्न २० कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै उक्त कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । यी कम्पनीहरुलाई सरकारले १ देखि ३ बर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी कालोसूचीमा राखिएको छ ।

laxmi

यसरी कालोसूचीमा पर्ने कम्पनीहरुमा एमएस, शकिल हैदरको शंकरमाली निर्माण सेवा–सुनौला खिम्ती कन्स्ट्रक्सन जेभी तीन वर्षका लागि कालोसूचीमा परेको छ। एमरएस चिपेल हैदरावाद, भारतलाई पनि तीन वर्षलाई कालोसूचीमा राखेको छ। यसको मुख्यव्यक्ति शारदा अधिकारी र प्रवेज खान रहेको खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।

सफबन वाटर सर्भिस, आइएसजी इन्फरर्मेसन सर्भिसेनज ग्रुप । अरभान कन्स्ट्रक्सनलाई पनि तीन–तीन वर्ष कालोसूचीमा राखिएको छ।

शिवालय बिल्डर्स, स्काईरवाइवा एण्ड लामा/जानकी जेभी, नागार्जुन–शंकरमाली जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL