Logo

दूरसञ्चार सेवाप्रदायकले अफर लागू गर्दा ७ दिनअघि जानकारी दिनुपर्ने, उपभोक्ताले बुझ्नेगरी प्रकाशित गर्नुपर्ने

दूरसञ्चार सेवाप्रदायकले अफर लागू गर्दा ७ दिनअघि जानकारी दिनुपर्ने, उपभोक्ताले बुझ्नेगरी प्रकाशित गर्नुपर्ने



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले कुनै भ्वाईस टेलिफोन सेवाप्रदायकले चाडपर्व विशेष वा प्रमोशनल अफर ल्याउँदा त्यसको ७ दिनअघि नै प्राधिकरणमा जानकारी दिनुपर्ने बताएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अब ७ दिनअघि नै त्यसको जानकारी प्राधिकरणका दिनुपर्ने व्यवस्था रेको हो । दूरसंचार ऐन २०५३ ले कुनै सेवाप्रदायकले कुनै सेवाको शुल्क तोक्दा त्यसको ३ महिना अगावै प्राधिकरणलाई जानकारी गराई स्वीकृत गराउनुपर्ने व्यवस्था छ । हाल यसलाई पुरानो नीति भएका कारण अप्ठ्यारो अवस्था सिर्जना भएको सम्बद्ध सरोकारवालाहरुले बताउँदै आएका थिए ।

laxmi

सोही कुरालाई मनन गर्दै प्राधिकरणले चालु आर्थिक बर्षमा आउने विभिन्न चाडपर्वमा कुनै सेवाप्रदायकले कुनै नयाँ अफर सार्वजनिक गर्दा त्यसको स्वीकृतीका लागि एक हप्ता अघि मात्रै प्राधिकरणमा जानकारी गराए हुने व्यवस्था गरेको हो ।

सेवाप्रदायकले फेस्टीभल अफर र प्रमोशनल अफरको नामा दुई प्रकारका अफरहरु सार्वजनिक गर्न पाउँछन् । जुन एक पटकमा १० र एक आर्थिक बर्षमा १ सय ओटा अफर ल्याउन पाईने व्यवस्था छ । यी अफरहरुमध्ये फेस्टीभल अफर बढीमा १५ दिनको हुनेछन् भने प्रमोशनल अफरहरु ३ महिना अवधिका हुनेछन् ।

यी अफरहरु सेवाप्रदायकले ल्याउँदा हाल सेवाग्राहीले नियमित पाउँदै आएको सेवाभन्दा थप सहुलियतसहितको ल्याउनुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ । पछिल्लो समय केहि सेवाप्रदायकहरुले कुनै एक अफरका लागि लिएको शुल्क स्वीकृती अन्य अफरहरुमा लागू गरिरहेको पाईएपछि प्राधिकरणले यस्तो कार्य पनि रोक्ने बताएको छ ।

जसमा कुनै एक प्रकृतिको लागि स्वीकृती लिएको अफरहरु अन्य प्रयोजनका लागि प्रयोग गरिए त्यसलाई अफरमा गणना नै गर्न नहुने व्यवस्था गरिएको छ ।
यस्तै एक सेवाप्रदायकले प्रमोशनल अफर भन्दै सेवाग्राहीले बुझ्नै नसकिने गरी अफर सार्वजनिक गरेपछि प्राधिकरणले अब सेवाग्राहीले बुझ्नेगरी मात्रै अफर सार्वजनिक गर्नसमेत निर्देशन दिएको छ ।

पछिल्लो समय सेवाप्रदायकले प्राधिकरणबाट स्वीकृत गराएका प्याकेजहरु सेवाग्राहीले बुझ्नै नसक्ने तरिकाले सार्वजनिक गरिरहेको देखिन्छ । जसका कारण सेवाग्राहीहरु नै कन्फ्युज हुनेगरेको प्राधिकरणकै अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL