Logo

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दा १० महिनामा १० खर्ब भित्रियो रेमिट्यान्स

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दा १० महिनामा १० खर्ब भित्रियो रेमिट्यान्स



काठमाडौं । चालु आवको १० महिनामा नेपालमा भित्रिने रेमिट्यान्स २३.४ प्रतिशतले बढेको छ । नेपाल राट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको बैशाखसम्म नेपालमा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड डलर पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
चालु आवको १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २ सय ७९ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९ सय ७६ पुगेको छ ।

गत आवको यहि अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL