Logo

‘यात्री’ दर्तामा समस्यापछि प्रधानमन्त्रीको निर्देशन–नेपालमा उत्पादित सवारीसाधन तत्काल दर्ता गराउनु

‘यात्री’ दर्तामा समस्यापछि प्रधानमन्त्रीको निर्देशन–नेपालमा उत्पादित सवारीसाधन तत्काल दर्ता गराउनु



काठमाडौं । नेपालमै उत्पादन भएको मोटरसाइकल दर्ता हुने व्यवस्था मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । आईतबार प्रधानमन्त्री कार्यालयको ट्वीटर ह्यान्डलबाट एक ट्वीट गर्दै उनले यात्रीलगायत नेपालमा उत्पादन भएका सवारीसाधन दर्ताको व्यवस्था तत्काल मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताएका हुन् ।

laxmi

‘यात्री लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरता पूर्वक लिएको छु,’ एक ट्वीटमा भनिएको छ, ‘सवारी साधन दर्ता एवम् स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेगरी तत्काल कानूनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्य सचिवमार्फत सम्बन्धित निकायलाई निर्देशित गरेको छु ।’

पछिल्लो समय नेपालमा उत्पादन भएको विजुली मोटरसाइकल यात्री दर्ता हुन नपाएपछि यसको उत्पादन नै बन्द गरिएको छ । सोही कुरामा पछिल्लो समय बहस चलिरहेको थियो । उक्त बहसको मध्यनजर गर्दै प्रधानमन्त्री प्रचण्डले सवारी दर्ताको कानुनी व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL