Logo

एयरलायन्सले क्षमता देखाओस्, चालु आवमै जहाज किनिदिन्छु

एयरलायन्सले क्षमता देखाओस्, चालु आवमै जहाज किनिदिन्छु


रक्षा रेग्मी
0
Shares

जहाज ग्राउण्डमा राख्न होइन उडाउन हो । एनएसीलाई मेरो चुनौती केहो भने फ्लाइट क्यान्सिल हुनु भएन, जहाज खाली उड्नु भएन ।

सरकारले विमानस्थल निर्माणको जिम्मा मलाई दिए, नेपालको पूँजीबाटै बनाउछु । पैसा नेपाली बजारबाट खोज्छु । नेपालीसँग पैसा छ तर विश्वासको जरुरी छ । यस्तै, चालू आवको बजेटमा हेलिप्याड बनाउनसर्त सहित गाविसलाई दिने अनुदान बढाउँछौं । सरकारले २०७३ लाई आन्तरतिक भ्रमण वर्ष घोषणा गरेको छ । यसमा सरकारी कार्यालयलाई समेत भ्रमण बर्षको प्रवद्र्धनमा परिचालन कम्तिमा २० लाख आन्तरिक पर्यटक पुर्याउने उद्देश्य छ । हाल त्रिभुवन विमानस्थलमा सुन तस्करी इत्यादिको बारेमा जुन चर्चा भइरहेको छ त्यसलाई निरुत्साहित गर्न गृह प्रशासन, भन्सार प्रमुख, आईजी, अर्थ मन्त्रालय लगायतका निकायले गम्भिरता देखाउनु पर्छ । नेपालको पर्यटन विकास, अन्तरराष्ट्रिय विमान स्थानल निर्माण तथा मन्त्रालको भावी कार्यायोजनाका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलसँग गरिएको कुराकानीको सार ः

मन्त्रीको जिम्मेवारी सम्हालेयता धेरै योजना सार्वजनिक गर्नुभएको थियो । प्रगती कस्तो हुँदैछ ?

गत कात्तिक १९ गते म मन्त्री भएको हुँ । मन्त्री भइसकेपछि मैले सुरुदेखि नै त्रिभुवन विमानस्थल सुधारको योजनासहित काम अघि बढाएँ । म एयरपोर्ट परिवर्तन नै त गर्न सक्दिन तर,  ब्युटिफिकेसन गर्न सक्छु भनेर लागेको थिए । मेरो प्रतिवद्धता अनुसार काम भएको छ । त्यसपछि र अघिको त्रिभुवन विमानस्थलको बारेमा तपाँईले जोसुकैसँग सोध्नुस, मलाई लाग्छ सकारात्मक नै उत्तर आउँछ ।

त्रिभुवन विमानस्थल सानो र साँघुरो छ,यसको बाबजुद विस्तारको योजना बनाएको छु । तर ठेक्का प्रक्रियाले गर्दा समयमा काम हुन सकेको छैन । यतिका बीच पनि हामीले केहि अघि मात्रै ब्यागेज ह्याण्डलिङ सिस्टममा सुधार ल्याएका छौं । यसैमा सवैभन्दा बढी गुनासो हुने गथ्र्यो । तर अहिले ४५ मिनेटमा व्यागेज लिन सकिन्छ । दोश्रो कुरा विमानस्थलको सरसफाइमा सुधार भएको छ । सुधारका काम त अझै धेरै बाँकी छन् ।

अव डिर्पाचरमा पनि इलेक्ट्रिकल भर्याङ तत्काल थप्नु आवश्यक छ । अराइभलमा एक्सरे मेसिन र भर्याङ थप्नुपर्ने छ । आगामी ६ महिनाको विमानस्थलको सुधारको कार्ययोजना मसँगछ ।

म मन्त्री भएर आउँदा ४ देखि ६ घण्टा चल्ने एयरबस अहिले ९ घण्टा चल्छ । म आएपछि ३ घण्टा बढाएको हो । त्यस्तै एयरलायन्सको व्यवस्थापनलाई १२ घण्टा चलाएमा मात्र जहाज किन्ने भनेको छु । त्यही कार्य योजना सहित अघि बढेको छ । म आफ्नो तहबाट अत्यन्त मेहेनतका साथ सुधारको प्रक्रियामा लागेको छु ।

tourism-minister

 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तारको चर्चा पनि निकै भयो । काम किन हुन नसकेको ?

त्रिभुवन विमानस्थलको विस्तारका लागि हाल स्यानजोसेसँग ठेक्का प्रक्रियामा छ । एडीबीले अन्तरराष्ट्रिय मध्यस्तकर्ता ल्याउने कुरा गरेकोले पर्ख र हेरको स्थितिमा छौं । मध्यस्तकर्ता ल्याउन प्रक्रिया अघि बढीसकेको छ । विमानस्थलको विस्तारमा धावनमार्ग तथा टर्मिनल भवन बनाउने छौं । अहिले ठेकेदारले काम नगरेर समस्या भएको हो । नत्र काम निकै अगाढी बढी सक्थ्यो । आगामी ३ बर्षमा विस्तार गरेर सुन्दर बनाउन सकिन्छ ।

विमानस्थललाई सुन तस्करको अखडाका रुपमा त लिइन्छ नै सिधै हात्ति छिराउन पनि सकिन्छ भन्छन् नि ?

यसमा दुई ओटा कुरा छन् । यसमा हामी मात्र संलग्न छैनौं । विमानस्थल तस्करी नियन्त्रण गृह मन्त्रालय र पुलिसले गर्छ । त्यस्तै एक्सरे अर्थ मन्त्रालयले गर्छ । ग्राउण्ड ह्याण्डलिङ र सेवा प्रदान गर्ने मेरो काम हो । त्यसमा हामी लागिपरेका छौं । नेपाल एयरलाइन्सबाट खाद्यान्न पठाइन्थ्यो त्यो जाँच हुँदैनथ्यो । जस्ताकोत्यस्तै बाहिर पठाइदै आएको रहेछ । अहिले एक्स्सरे भएर मात्र जान्छ । अरु सुन तस्करी इत्यादिको बारेमा गृह मन्त्री, भन्सार प्रमुख, आईजी, अर्थ मन्त्रालय लगायतको काम हो , मेरो त्यो क्षेत्र पर्दैन । तैपनी म दावीका साथ भन्न सक्छु हिजो हात्ती छिथ्र्यो होला अहिले हात्ती छिर्दैन ।

सन्दर्भ बदलौं । मन्त्रालय धेरै भन्दा धेरै पर्यटक भित्राउने भनेर बारम्बार दोहो¥याइरहन्छ, जहाज नै नभइ विदेशी पर्यटक कसरी भित्रिन्छ ?

पहिलो कुरा त जहाज ल्याउने वा किन्ने कुरामा समस्या होइन । जहाज किन्न सक्छौं । अन्तरराष्ट्रियको कुरा गर्दा अहिले हामीसँग वाइड र न्यारो बडी जहाज छ । पहिला त हामीसँग भएको न्यारो बडी इफेक्टिीभली चलाउनु पर्यो नी । विजनेश प्लान किन्नका लागि मात्र होइन,चलाउनु पनि पर्छ । जहाज मात्र किनेर ह्यांगरमा थुपारेर त भएननी ।

हाज उडाउन हो, राख्ने होइन । एयरलायन्सले समयमै उडाउनु पर्यो, फ्लाइट क्यान्सिल हुनुभएन । कमाएर दिदैन भने किनेर मात्र के काम ?

अर्कोकुरा नेपालमा प्लेन चढ्न नपाएर पर्यटक नआएका होइनन् । विकल्प जतिभनेपनि छन् । त्यसो त हाम्रो चाहना पनि राष्ट्रिय ध्वजावाहकले व्यापार गरुन,विश्वभर चलोस भन्ने मान्यता छ । हाम्रो राजस्व पनि बढोस भन्ने मान्यता हो । तर हामीले पहिला संस्थालाई वलियो र भरपर्दो बनाउनुपर्छ । त्यो क्षमता नेपाल एयरलाइन्सले राख्छ भने म चालु आवमै जहाज किनिदिन्छु । मलाई एयरलाइनसले विश्वास दिलाउनु पर्यो स्रोतको खाँचो हुदैन । जहाज किन्नु भन्दा त्यसको इफेक्टिभ परिचालन आवश्यक छ । त्यो प्रमुख चुनौती हो ।

तर निगम भने चार ओटा जहाज किन्ने अडानमै छ नि ?

जहाज ग्राउण्डमा राख्न होइन उडाउन हो । उसलाई मेरो चुनौती केहो भने फ्लाइट क्यान्सिल हुनु भएन, जहाज खाली उड्नु भएन । मेरो चुनौती जहाज नकिन्ने होइन । मैले १६ घण्टा मागेको छैन । टिकट विक्री वैज्ञानिक ढंगबाट वितरण गर्नु पर्छ । जहाज त किन्नु पर्छ । जमानी म बस्छु ।

minister-ananda-pokherel

 

निजगढ विमानस्थल आन्तरिक स्रोतमा बनाउने भनेर सरकार अगाडी बढेको छ, सम्भवछ ? स्रोत व्यवस्थापन कसरी गर्दैहुनुहुन्छ ?

गरे असम्भव भन्ने केही छैन । मसँग तामाकोसी बनाएको अनुभव छ । बनाउने बेलामा त्यो सम्भव हुन्छ भन्ने निकै कम थिए । इन्जिनियरको भनाईमा बन्दैन भनेर कुरा गरेका थिए । तर बजेट नेपालबाटै जुटायो ।

निजगढको सन्दर्भमा इन्टरनल रेट अफ रिटर्न राम्रो छ । इन्टरल रेट अफ रिटर्न (आइआरआर)१३ दशमलव ९९ छ । यो हालसम्म आएका प्यासेन्जरको रेटलाई बेस बनाएर न तयार गरिएको छ । जुन अत्यन्त कन्जुस्याइ गरेर तयार गरिएको रिपोर्ट हो । भोली त प्यासेन्जर बढ्छन् ।

सरकारले विमानस्थल निर्माणको जिम्मामलाई दिए, नेपालको पूँजीबाट बनाउछु । पैसा नेपाली बजारबाट खोज्छु । नेपालीसँग पैसा छ तर विश्वासको जरुरी छ । उनीहरु जति पनि इन्भेष्ट गर्न सक्छन. ।

त्यस्तै विकल्पमा हामीले अरुसँग सापट लिएर वा दाताको सहयोग लिएर पनि बनाउन सकिन्छ । जसले टेक्नोलोजी छैन भन्छ मलाइ दया लाग्छ । प्रविधि त किन्ने हो । सरकारले सजिलै टेक्नोलोजी लिन सक्छ । सरकारले पहिला कति राख्ने घोषणा गरोस, बाँकी रकम म खोज्छु । म नेपालको बैंकिङ क्षेत्र वा अन्य मार्केटबाट तामाकोसी बनाएको जस्तो सेयर खोजेर बनाउछु । हाइड्रो बनाउन जति पनि जटिल छैन । नेपालको क्षमता छैन भन्ने दास मानसिकता भएका तथा बनाउन नचाहनेले मात्र गर्छन् । जनतामाथि विश्वास गर्ने हिम्मत चाहिन्छ ।

पोखरा विमानस्थल निर्माणका लागि स्रोत जुटिसकेको छ, अबकाम कहिलेबाट अघि बढ्छ?

पोखरा विमानस्थलको उद्धघाटनपछि एकवर्षसम्मको तयारी म्याद छ । जुन अन्तरराष्ट्रिय मान्यताको आधारमा हो । शिलान्यास भएको बैशाख १ गते हो, एक महिनामा अध्ययनको बाटो निकै अघि बढेको छ । अवको तीन महिनाभित्र भौतिक रुपमा सहभागी भएर काम गरिने छ ।

आन्तरिक पर्यटन बर्ष घोषणा भइसकेको छ । यतापट्टिको तयारी चाहिँ कस्तो छ ?

मेरो मन्त्रालय अन्तर्गतका कर्मचारीलाई आन्तरिक भ्रमणमा जानका लागि सुविधा दिएकोछ । त्यस्तै आन्तरिक घुमफिर तथा भ्रमण बर्षलाई सफल बनाउन हप्ताको २ दिन विदाको प्रस्ताव राखेको छु । हप्तामा अन्य दिनको कामको समय बढाएरशुक्रवार र शनिवार गरी हप्तामा २ विदाको प्रस्ताव मन्त्रिपरिषदमा राखेको हु । निणर्य आइसकेको छैन । त्यसैगरी निर्वाचन क्षेत्रमा कम्तिमा एउटा कार्यालय स्थापना गरेर पर्यटनको प्रवद्र्धन गरिने छ । त्यसैगरी, प्रत्येक गाउँ विकास समिति तथा जिल्ला विकास समितिलाई पर्यटन प्रवद्र्धनका लागि परिचालन गरिने छ । आन्तरिक घुमफिर बर्षमा विशेषगरी धार्मिक पर्यटनलाई जोड दिइएको छ । त्यस्तै सरकारी कार्यालयलाई समेत भ्रमण बर्षको प्रवद्र्धनमा परिचालन गर्ने तयारी गरेको छ । कम्तिमा २० लाख आन्तरिक पर्यटक पुर्याउने उद्देश्य हो ।

आगामी बजेटमा पर्यटनका कस्ता कार्यक्रम आउँदैछन्, प्राथमिकता के हो ?

नीति तथा कार्यक्रमले नै धेरै कुरा समेटेको छ । त्यही कार्यक्रमलाई बजेट मार्फत सम्बोधन गराउनु मेरो लक्ष्य हो । जस्तो ४ ओटा एयरपोर्टका लागि बजेट छुट्याउन पर्यो । ठूलै बजेट चाहिन्छ । अहिले नचलेका १७ ओटा एयरपोर्टको स्तरोन्नती गर्ने छौं । हामीले नेपालको समृद्धिका लागि हवाई सेवा प्रभावकारी ढंकले अगाढी बढाउनुपर्ने सोचेर कार्यक्रम ल्याएका हौं । नाकाबन्दीमा कार्गो विमान भएको भए कुनै समस्या हुदैन । हवाई सेवा वलिायो नबनाई पर्यटन विकास गर्न सकिदैन । त्यसले गर्दा प्रत्येक गाउँमा हेलिप्याडको बनाउने विषयलाई सम्वोधन गर्ने छ । हेलिप्याड बनाउने कुरा मान्छेले रमाइलो पनि माने ।

रोडको पहुँच नपुगेको ठाउँमा हेलिप्याड, अलि हास्यसपद भएन ।

हास्यदपद भएन । हेलिप्याड बनाउनसर्त सहित गाविसलाई दिने अनुदान बढाउँछौं । त्यस्तै इन्सेन्टिभका लागि बजेटको व्यवस्थापन गरेका छौं । हेलिप्याड निर्माणका लागि सरकार पार्टरसिप हुने गरी योजना बनाएका छौं । एक बर्षमामा एक सय गाविसमा बनाउने योजना छ । १ करोड बजेट व्यवस्था गरेका छौं । एउटा हेलिप्याड राख्न १ लाख रुपैयाँ लाग्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL