Logo

रिटेल पेमेन्ट स्वीचमार्फत ६ महिनामा १८ खर्बको भुक्तानी, गत आवभन्दा ३१ प्रतिशतले बढ्यो

रिटेल पेमेन्ट स्वीचमार्फत ६ महिनामा १८ खर्बको भुक्तानी, गत आवभन्दा ३१ प्रतिशतले बढ्यो



काठमाडौं । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच (आरपीएस)मार्फत ६ महिनामा १८ खर्ब बढिको भुक्तानी भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडका अनुसार चालु आर्थिक वर्षको पुस मसान्त सम्म उक्त भुक्तानी कारोबार फर्छ्यौट भएको हो ।

उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१ प्रतिशतले बृद्धी भएको कम्पनीले जानकारी दिएको छ । त्यसै गरी कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५ प्रतिशतले बृद्धी भएको छ । रिटेल पेमेन्ट स्वीचको हाल दैनिक औसत १३.३० अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ, जस अन्तर्गत ६० प्रतिशत बराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मार्फत हुने गरेको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको आरपीएसमार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरु बीच अन्तरआबद्धता कायम गरिएको छ । आरपीएस अन्तर्गत फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग, वालेटहरु, कनेक्टआईपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपीआईमार्फत उपलब्ध रहेका छन् ।

आरपीएसअन्तर्गत बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरु एनपीआईमार्फत आबद्ध भई भुक्तानी कारोबारहरु गर्दै आएका छन् । ओपन एपीआई प्ल्याट्फर्मको रुपमा सञ्चालनमा रहेको एनपीआईले आरपीएससंग इन्टिग्रेट गरी विभिन्न भुक्तानी प्रणाली तथा अन्य बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL