Logo

१ः१.७५ हकप्रद सेयर जारी गर्दै मन्जुश्री, मर्जर विनै ८० करोड पुर्याउने पहिलो संस्था

१ः१.७५ हकप्रद सेयर जारी गर्दै मन्जुश्री, मर्जर विनै ८० करोड पुर्याउने पहिलो संस्था


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मन्जुश्री फाइनान्सियल इन्टिच्युशनले १ बरावर १ दशमलव ७५ को रेसियोमा हकप्रद सेयर जारी गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थालाई पूँजी बृद्धिका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेसँगै मन्जुश्रीले ठूलो मात्रामा हकप्रद सेयर जारी गर्न लागेको हो ।

हाल मन्जुश्रीको चुक्ता पूँजी २५ करोड ६ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले उक्त पूँजीको १ सय ७५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।  उक्त हकप्रद जारी सँगै कम्पनीको चुक्ता पूँजी ६८ करोड ९२ लाख रुपैयाँ पुग्ने छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार फाइनान्स कम्पनीहरुको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याउनु पर्ने हुन्छ । थप पूँजीको लागि भने बोनस सेयर दिने तयारी भइसहेको स्रोतले जानकारी दिएको छ ।

कम्पनीले १ः१.७५ को रेसियाको हकप्र्रद सेयर जारी गर्नका लागि यसै हप्ता बस्ने संचालक समिति समक्ष प्रस्ताव लैजान भएको छ । संचालक समितिले स्वीकृति दिएसँगै स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइने भएको छ । त्यससँगै पारितका लागि साधारणसभामा पेश गरिने  स्रोतले जानकारी दिएको छ ।

ठूलो मात्रामा हकप्रंद जारी गर्ने भएसँगै बजारमा मन्जुश्रीको सेयर मुल्य तथा कारोवार रकम दुवै बढेको छ । आजमात्रै मन्जुश्रीको साढे १ लाख कित्ता सेयर कारोवार भएको छ भने २ बजेसम्ममा प्रतिकित्ता मुल्य २७ रुपैयाँभन्दा बढीले उकालो लागेको छ ।

हकप्रद जारीसँगै मर्जरमा नगइकनै आफै पूँजी बृद्धि गरी राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पूँजी पुर्याउने मन्जुश्री पहिलो फाइनान्स कम्पनी बन्ने छ । यस अघि आईएलएफसी र नारायणी फाइनान्सको राष्ट्र बैंकले तोकेभन्दा बढी चुक्ता पूँजी रहेको थियो । हाल ति दुवै संस्था मर्जमा गइसहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL