Logo

अनावश्यक रुपमा नेप्से परिसुचक बढाउन बजारमा एउटा समुह नै लागेको छ

अनावश्यक रुपमा नेप्से परिसुचक बढाउन बजारमा एउटा समुह नै लागेको छ


रामराजा श्रेष्ठ
0
Shares

संसारका कुनै पनि क्षेत्रमा ‘जिरो टलरेसन्स’ हुँदैन । नीति निर्माता र पुलिस जहिले पनि एक स्टेप पछाडि हुन्छ ।

जिल्लामा रहेका ब्रोकरका शाखाले नेप्सेसँगै सिधै कनेक्शनमा बसेर काम गरिरहेका छन् । कतिपय ब्रोकरले सिमित पैसा लिएर शाखा बेचेका छन् । यसलाई न्युनिकरण गर्न नयाँ दलाल लाइसेन्स खोल्न लागिएको हो । आगामी दिनमा साधारण सेयर निष्काशन गरी २ महिनाभित्रै दोस्रो बजारमा कारोवारमा ल्याउनका लागि निवेदन पेश गरिसकेका छौं । ब्रोकर कमिशन ८ वर्ष देखिे एउटै छ भने नेपालको कमिशन दर दक्षिण एशियाकै बढी हो । हाल दैनिक कारोवार १ अर्ब रुपैयाँ नाधिसक्यो । यो अवस्थामा कसरी एउटा मात्र बैंकले काम गर्न सक्छ ? नेपालमा सेयर मार्केटको अवस्था, हाल भइरहेका सुधार तथा आगामी दिनमा गरिने कामको वारेमा केन्द्रित रहेर नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार ः

धितोपत्र बोर्डले आर्थिक सुचाङ्कहरु राम्रो नभएको भन्दै लगानीकर्तालाई सजक रहज सुझाव दिँदै आएको छ । तथापि नेप्से परिसुचक दिनहुँजो बढेको छ । यसको मुख्य कारण के हो ?

धितोपत्र बार्डको मुख्य ३ उद्देश्यमध्ये लगानीकर्तालाई सुशुच्ति गराउनु पनि एक हो । धितोपत्र बजार आफै त्यतिकै बढ्ने होइन । अर्थतन्त्रको अवस्था, अन्तरराष्ट्रिय अवस्था तथा कम्पनीको वित्तीय अवस्थाको आधारमा बढ्ने हो । अहिले देशको अर्थतन्त्र राम्रो छैन । यसैगरी, नेपालको धितोपत्र बैंक तथा वित्तीय क्षेत्रमा आधारित छ । हाम्रो धितोपत्रको आधार जे हो त्यसको अवस्था त्यति सन्तोषजनक छैन । आगामी दिनमा समस्या आउन सक्ने भएकाले लगानीकर्तालाई सुशुचित गराएका हौं । बजारमा एकथरीले बार्डले अनावश्यक चासो राख्यो भनिरहेका छन् । जसको हित गर्न बोर्डको स्थापना गरिएको हो त्यसलाई चासो नभए कसलाई हुन्छ ? बार्डले आफ्नो कर्तव्य पुरा गरेको हो । लगानीकर्तालाई पटक–पटक जानकारी गराउँदा पनि होमिरहेका छन् । कुनै पनि बेला फस्न सक्छन् ।

 

de. rewait-bahadur-karki

 

बजारमा तरलता बढी भएर नेप्से प्रति लगानीकर्ताको आकर्षण बढेको त होइन ?

पहिला धितोपत्रमा लगानी गर्दा प्रतिफल लिनको लागि ३/४ महिना कुर्नु पथ्र्यो । अहिले १०/२० लाख रुपैयाँ लगानी गरेर हप्ता दिनमै १/२ लाख रुपैयाँ कमाइरहेका छन् । नेप्से अटोमेशनमा गएपछि यो क्षेत्रमा लगानी गर्न सहज भएको छ । अहिले नेप्सेलाई अन्तरष्ट्रिय स्तरको प्रविधि भित्र्याउन निर्देशन दिएका छौं । त्यस्ता प्रविधि भित्रिएपछि गैर आवासीय नेपाली तथा विदेशी लगानीकर्ताले नेपालको धितोपत्रमा लगानी गर्न सक्छन् । जसले गर्दा बजार बढिरहेको छ । राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धिको योजनाले पनि बैंक वित्तीय क्षेत्रको नेप्से उकालो लागेको छ । बजारमा नेप्से परिसुचक बढाउनकै लागि हल्ला गर्ने ग्रूप नै लागि परेका छन् । जसले गर्दा पनि बजार बढिरहेको छ ।

आईपीओ भर्दा बैंक खातामा पैसा भएको प्रमाण पेश गरे पुग्ने तर पैसा बुझाउन नपर्ने व्यवस्था लागू गर्दै हुनुहुन्छ । यसले बजारमा समस्या त ल्याउँदैन ?

यो निक्षेपमा आधारित ग्यारेण्टी हो । लगानीकर्ताले जतिको सेयर भर्ने हो त्यो बरावरको रकम उसको खातामा ‘ब्लक’ गरेर राखिन्छ । यो विषयमा बोर्डमा पनि ठूलो छलफल भयो र संम्भव हुने देखिएरै लागू गर्न लागेका हौं । संसारका कुनै पनि क्षेत्रमा ‘जिरो टलरेसन्स’ हुँदैन । यस्तै नीति निर्माता र पुलिस जहिले पनि एक स्टेप पछाडि हुन्छ । यो लागू गरेपछि केही समस्या आउन सक्छ । त्यसको समाधानका लागि छुट्टै व्यवस्था गरिने छ । लागू गर्नुभन्दा पहिले नै डराएर हुँदैन । यसरी सेयर भर्नका लागि बैंक वित्तीय संस्थासँग आवेदन माग गछौं । त्यसपछि मात्र लागू गरिने छ ।

अस्वा (एप्लिकेशन सर्पोटेड वाई ब्लक एकाउण्ट) स्टिमको कुरा गर्दै हुनुहुन्छ यसलाई कसरी छिटो छरितो रुपमा कार्यान्वयनमा ल्याउन सकिन्छ ?

यो प्रणाली लागू भएपछि साढे ५ महिनामा हुने काम २ महिनामा हुने छ भने ७० दिनमा हुने काम १० दिनमै सकिने छ । यो प्रणालीले साधारण सेयर बाँडफाडको काम आवेदन बन्द भएको १ हप्तादेखि १० दिनभित्रमा गरिने छ । भारतमा अहिले ६ दिनमै भइरहेको छ । साधारण सेयर निष्काशन गरी २ महिनाभित्रै दोस्रो बजारमा कारोवारमा ल्याउनका लागि आवेदन पेश गरिसकेका छौं । सेयर भर्नको लागि लाइन बस्नु पर्दैन जुन बैंकमा खाता छ उसैले भरिदिने छ ।

rewait-karki

 

बोर्डले जिल्लामा दलाल शाखा विस्तार तथा नयाँ दलाल खोल्नका लागि पनि अध्ययन गरिरहेको छ । कुन अवस्थामा पुग्यो ?

जिल्लामा रहेका दलालका शाखाले शाखाको रुपमा काम गरेका छैनन् । उनीहरुले नेप्सेसँगै सिधै कनेक्शनमा बसेर काम गरिरहेका छन् । कतिपय ब्रोकरले सिमित पैसा लिएर शाखा बेचेका छन् । तसर्थ त्यसलाई न्युनिकरण गर्न नयाँ दलाल खोल्न कमिटि बनेको हो । इच्छुक दलालले मात्र जिल्लामा शाखा खोल्ने छन् किन उनीहरुलाई बाध्यकारी बनाउने ? तसर्थ जिल्ला स्तरमै दाललको लाइसेन्स दिने योजना बनाएका हौं । खुला बजार नीतिमा स्वतन्त्र रुपमा प्रवेश तथा निष्काशनको व्यवस्था गरिनुपर्छ । ढोका बन्द गरिनु हुँदैन । कमिटिले विभिन्न पक्षसँग छलफल गरिरहेको केही समयभित्रै टुङ्गो लाग्ने छ । अहिले नेपालमा संस्थागत ब्रोकर छैनन् । हामीले ब्रोकरलाई विभिन्न देशको प्रणालीको वारेमा अध्ययन अनुसन्धानका लागि पठाएका छौं । त्यसले आगामी दिनमा संस्थागत ब्रोकर भित्र्याउन सहयोग गर्ने छ ।

अहिले बजारमा दलाल कमिशन बढि भयो भनिरहेका छन् । यसलाई घटाउन बोर्डले कस्तो पहल गरिहेको छ ?

८ वर्ष देखि ब्रोकरले लिने कमिशन दर एउटै छ । नेपालको कमिशन दर दक्षिण एशियामै बढी छ । यसलाई घटाउन बोर्डले मन्त्रालय समक्ष फाइल पेश गरेको छ । तर अहिलेसम्म सदर भएर आएको छैन । हामीले प्रतिस्पर्धात्मक कमिशन दर राख्ने तयारी गरिरहेका छौं । तर, हालको सफ्टवेयरले त्यसलाई सर्पोट नगर्ने भएकाले तत्काललाई घटाएर निश्चित प्रतिशत तोक्ने तयारी भइरहेको छ । जुन लगानीकर्ताको हितमै हुने छ ।

कारोवार रकम बढेसँगै नेप्सेलाई बैशाखदेखि कम्तिमा ३ वटा क्लियर बैंक राख्न निर्देशन दिनुभएको थियो । तर, नेप्सेले त्यसलाई कार्यान्वयनमा ल्याएन नि ?

यस अघि नेप्सेले आफ्नै हिसावले क्लियर बैंक नियुक्त गरेको छ । त्यो कसरी नियुक्त गरियो बोर्डलाई थाहा छैन । हामीले लगानीकताको हितलाई ध्यान दिने हो । दैनिक कारोवार १ अर्ब रुपैयाँ नाधिसक्यो । यो अवस्थामा कसरी एउटा मात्र बैंकले काम गर्न सक्छ ? अहिले ब्रोकर तथा लगानीकर्ताले पनि समस्या भएको भन्दै क्लियर बैंक थप्न आग्रह गरिरहेका छन् । कारोवार रकम बढेको अवस्थामा नेप्से आफैले जानेर क्लियर बैंक थप्नुपर्ने हो । किन थपिएको छैन सो सम्बन्धमा बोर्डले नेप्सेसँग थप जानकारी लिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL