Logo

सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न निर्देशन, यसरी गर्न सकिन्छ जडान

सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न निर्देशन, यसरी गर्न सकिन्छ जडान



काठमाडौं । नेपालभर संचालित सबै सरकारी सवारीसाधनहरुमा प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना सार्वजनिक गर्दै नेपालभर संचालित सबै सरकारी सवारीसाधनमा आगामी फागुन मसान्तसम्म इन्बोस्ड नम्बर प्लेट जोडिसक्नुपर्ने निर्देशन दिएको हो ।

laxmi

विभागले मन्त्रालयको निर्णय भन्दै फागुन मसान्तभित्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको छ । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत कात्तिक २८ गते सबै सरकारी सवारीसाधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो । त्यसैको कार्यान्वयनका लागि भन्दै विभागले नेपालभरका सरकारी कार्यालयहरुलाई यसको जानकारी दिएको हो ।

यसका लागि सम्बन्धित निकायले यातायात व्यवस्था विभागको वेबसाईटमा लगईन गरी सम्पुर्ण विवरणसहित राजश्व तिरेमा इम्बोस्ड नम्बर प्लेट उपलब्ध हुने बताईएको छ । उक्त नम्बर प्लेट जडान गर्नका लागि भने पायक पर्ने यातायात कार्यालयमा जानुपर्नेछ । विभागले इम्बोस्ड नम्बर प्लेटको जडानले चोरी पैठारी, अपराधिक क्रियाकलाप र राजस्व छली रोकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL