काठमाडौं । काठमाडौंको ठमेलबाट दुई केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छ्न । प्रहरीले जनाएअनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।
उनीहरु हिजो (सोमबार) साँझ नै प्रहरीको नियन्त्रणमा परेका हुन् । प्रहरीले उनीहरुविरुद्ध थप अनुसन्धान थालेको छ । पछिल्लो समय नेपालमा चिनियाँ नागरिकहरु विभिन्न अपराधमा मुछिन थालेका छन् ।