काठमाडौं । प्रहरी वृत्त स्वयम्भुव र प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिइएको टोलीले भन्सार छलीको एक हजार ५ सय ३० किलो काजुसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद काजुसहित धनुषाको सबैला नगरपालिका–५ का १९ वर्षीय धिरेन यादवलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको भन्सार छलीको काजुको मूल्य २२ लाख ९५ हजार रुपैयाँ बराबर रहेको बताइएको छ । आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको काजु र मानिसलाई राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।