काठमाडौं । स्रोत नखुलेको एक करोड ४४ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक वाङ जिएन रहेका छन् ।
प्रहरीका अनुसार उनी काठमाडौं–६ बौद्ध नयाँबस्तीस्थित एक घरमा कोठा भाडामा लिइ बस्दै आएका थिए । स्रोत नखुलेको नेपाली रकमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले ती चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।