Logo

डब्लुएचओले किन मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्‍यो ? अब के हुन्छ ?

डब्लुएचओले किन मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्‍यो ? अब के हुन्छ ?



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार ७० भन्दा बढी देशमा फैलिएको मन्कीपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले हालसम्म १६,००० भन्दा बढी मान्कीपक्सका घटनाहरू रिपोर्ट गरिएको बताएका छन् ।

यो विश्वव्यापी र क्षेत्रीय दुवै तहमा फैलिरहेको छ । यद्यपि उनले युरोपेली क्षेत्रहरूमा बढी जोखिम मूल्याङ्कन गरिएको पनि बताए । यो भाइरस दशकौंसम्म अफ्रिकी महादेशमा सीमित रहेपनि मे महिनादेखि यो अन्य देशहरूमा फैलिन थालेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले अन्तर्राष्ट्रिय स्तरमा फैलिने जोखिम भए पनि जोखिम अहिले कम रहेको बताए ।

नयाँ तरिकाबाट यसको प्रसारण भइरहेको भन्दै उनले यसको बारेमा धेरै कम जानकारी रहेको बताए । यसैलाई ध्यानमा राख्दै संस्थाले मन्कीपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गर्ने निर्णय गरेको हो ।

युरोपेली मेडिसिन एजेन्सी (एम्मा) ले शुक्रबार बाभेरियन नर्डिकले बनाएको बिफर खोप पनि मन्कीपक्सबिरूद्ध प्रयोगको लागि अनुमति दिन आग्रह गरेको छ । किनकि दुर्लभ रोगको प्रकोपले युरोपेली महाद्वीपमा मानिसहरूलाई बिरामी बनाउँदैछ । युरोपेली संघको औषधि नियामकले यसको सिफारिस जनावरहरूको अध्ययनमा आधारित भएको र भ्याक्सिनले गैर–मानव ‘प्राइमेट’हरूलाई मन्कीपक्सबाट जोगाउने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL