Logo

सिमेन्टपछि नेपालबाट पहिलोपटक भारतमा छड निर्यात सुरु, पहिलोपटक ३५ टन टिएमटी छड पठाइयो

सिमेन्टपछि नेपालबाट पहिलोपटक भारतमा छड निर्यात सुरु, पहिलोपटक ३५ टन टिएमटी छड पठाइयो



काठमाडौं । नेपालले पहिलोपल्ट भारतमा छड निकासी गरेको छ । बुधबार श्री स्टिलले आफ्नो उत्पादनमध्ये १ ट्रक (३५ टन) डण्डी भारत निर्यात गरेको हो ।

laxmi

कम्पनीले फलामे डन्डी (छड) बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट उक्त छड निकासी गरेको छ ।

सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत ८ प्रतिशतसम्म नगद अनुदान दिईने वस्तुको सूचीमा सिमेन्ट र डण्डीलाई थपेको छ । सोही फाईदा प्राप्त गर्नकै लागि छड र सिमेन्ट उद्योगीले भारतमा निर्यात व्यापार सुरु गरेका हुन् । यसअघि पाल्पा सिमेन्टले तानसेन ब्रान्डको सिमेन्ट भारत निकासी गरेको थियो ।

कम्पनीले झन्डै १५ महिनापछि बिएसआई प्रमाणपत्र पाएपछि भारतमा डण्डी निकासी सुरु गरिएको हो । कम्पनीले नेपालमै पहिलोपटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको छ । जुन भूकम्प र अग्नि प्रतिरोधात्मक मानिन्छ । आकार र तौलमा एकरुपता श्री स्टिल्सका विशेषता हुन् ।

प्रतिघन्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक आठ सय सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ। यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टन्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्रान्ड हो। एक खर्बको छठ निर्यात गर्ने क्षमता उद्योगको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL