Logo

निगम धराशायी भएपछि पेट्रोलियम खरिद गर्न अर्थले दियो ८ अर्ब, नोक्सानीको सोधभर्ना सरकारले दिने

निगम धराशायी भएपछि पेट्रोलियम खरिद गर्न अर्थले दियो ८ अर्ब, नोक्सानीको सोधभर्ना सरकारले दिने



काठमाडौं । सरकारले टाट पल्टिन लागेको नेपाल आयल निगमलाई माथि उकास्न ८ अर्ब रुपैयाँ रकम शोधभर्ना दिने निर्णय गरेको छ । मन्त्रालयले निगमको माग अनुसार नै ८ अर्ब रुपैयाँ तत्कालै रकमान्तर गर्ने निर्णय गरेको हो ।

laxmi

नेपाल आयल निगमले केही महिनादेखि आफू निरन्तर घाटामा गइरहेको बताउँदै आएको छ । सोही अनुसार घाटा पूर्ति गर्नका लागि अर्थमन्त्रालयले निगमको नाममा रहेको टेकुको करिव ४० रोपनी जग्गा धितोमा राखी ऋण निकाल्नसमेत निर्देशन दिईसकेको छ । उक्त ऋणबाट नोक्सानीको शोधभर्ना गरिने बताईएको छ । अर्थ मन्त्रालयले निगमलाई शोधभर्ना गर्नुपर्ने ३ अर्ब रुपैयाँ पनि सोही जग्गा धितोमा राखेर उपयोग गर्न निर्देशन दिईसकेको । सोही अनुसार निगमले आफुले घाटा खाएरै बजारमा पेट्रोलियम पदार्थ विक्री वितरण गर्दै आईरहेको छ ।

निगमका अनुसार निगमले अझै मासिक करिब ४ अर्ब ७० करोड रुपैयाँ घाटा व्यहोर्दै आईरहेको छ । असार मसान्तसम्ममा करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने स्थिति आएको निगमको भनाई छ ।

खाना पकाउने ग्यासमा मात्रै प्रतिमहिना करिब २ अर्ब २८ करोड रुपैयाँ घाटा रहेको निगमले जानकारी दिएको छ ।
आयल निगमले इण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थको खरिदबापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै गइरहेको भन्दै आपूर्ति सहज बनाउन मूल्य समायोजनमै जानुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL