Logo

रिङगिङ बेल्सले ल्यायो संसारकै सस्तो स्मार्टफोन, मुल्य २५१ भारु, विहीबारदेखि बुकिङ शुरु

रिङगिङ बेल्सले ल्यायो संसारकै सस्तो स्मार्टफोन, मुल्य २५१ भारु, विहीबारदेखि बुकिङ शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय स्मार्टफोन निर्माता कम्पनी रिङ्गिङ बेल्लले संस्सारकै सस्तो स्मार्टफोन ल्याएको छ । कम्पनीले भारु २ सय ५१ रुपैयाँ अर्थात नेरु ४ सय १ रुपैयाँमा उक्त स्मार्टफोन बजारमा उपलब्ध गराएको हो ।

रिङगिङ बेल्सले ‘फ्रिडम २५१’ लाई २ सय ५१ भारतीय रुपैयाँमा उपलब्ध गराएको हो । उक्त स्मार्टफोन बिहीबारबाट किन्न पाइने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले उक्त फोनमा विभिन्न खालका १० विशेषता रहेको जानकारी दिएको छ । जसमा ४ इन्चको एचडी डिस्प्ले तथा १ दशमलव ३ गिगाहर्जको क्वार्डकोर प्रोसेसर र एन्ड्रोइड ५.१ ललिपप अपरेटिङ सिस्टम रहेको छ ।

यसैगरी, फोनमा १ जीवी ¥याम सहित ८ जीबी इन्टरनल मेमोरी रहेको छ भने मेमेरीलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिने छ । मोवाइलमा ३ दशमलव २ मेगापिक्सेल क्यामेरा र जिरो दशमलव २ मेगापिक्सेलको फ्रण्ट क्यामेरा रहेको छ ।

फोनमा १ हजार ४ सय ५० एमएएचको व्याट्रि रहेको छ भने १ वर्षको वारेन्टी उपलब्ध गराएको छ । मोदी सरकारले शुरु गरेको ‘मेकि इन इण्डिया’ स्लोगन अनुसार उक्त फोन बजारमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

उक्त फोन महिला, फिसरम्यान, किसान तथा सामान्य खालका प्रयोगकर्ताका लागि बढी उपयोगी हुने कम्पनीको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL