Logo

‘कम मुल्यमा पाँच तारे होटल सरह सुविधा दिइरहेका छौं’

‘कम मुल्यमा पाँच तारे होटल सरह सुविधा दिइरहेका छौं’


रक्षा रेग्मी
0
Shares

आगामी १ वर्ष भित्रमा होटललाई विस्तार गरी १ सयवटा कोठा पुर्याउने योजना बनाएका छौं ।

सस्तो र गुणस्तरीय भएका कारण मध्यमवर्गीय पर्यटकहरुका लागि होटल अमादब्लम उपयोगी छ । पाँच तारे होटल महंगो र सामान्य स्तरका होटलका खासै राम्रा सेवा नहुने भएकोले मध्यमवर्गलाई लक्षित गरी थ्री स्टार होटेल खोलेको उनको तर्क छ । नेपालमा चिनियाँ पर्यटक भित्रने क्रम बढेकाले होटलमा उनीहरुको भाषा बुझ्ने गाइड राख्नु जरुरी छ । भर्खरै मात्र संचालनमा आएको थ्री स्टार लेवलको होटल अमादब्लका प्रवन्धन निर्देशक बालकृष्ण सिवाकोटीसँग नेपालमा होटलको वर्तमान अवस्था, चुनौती र पर्यटक आकर्षण गर्न भविश्यमा गर्नुपर्ने सुधारका विषयमा केन्द्रित रहेर बिजखबरका रक्षा रेग्मीले गरेको कुराकानीको सार :

भूकम्प तथा नाकाबन्दीले पर्यटन व्यवसाय धरासयी भइरहेको बेला नयाँ होटल खोल्नु भयो नि ?

भुकम्प र नाकाबन्दीले गर्दा पर्यटनसँगै होटल व्यवसाय खस्किएका छन् । केही समय अघि होटलको अकुपेन्सी घटेर करीव १५ प्रतिशतमा झरेको थियो । तर, नाकाबन्दी खुलेसँगै विस्तारै व्यवसाय फस्टाउने आशाका साथ होटल स्थापना गरेका हौ । नेपाल सरकारले चिनीयाँ नागरिकलाई भिसा निःशुल्क पनि गरेको छ । त्यस्तै राजनैतिक अस्थिरता पनि करिव करिव सकिएको छ । पक्कै पनि आगामी दिनमा यसले गित लिने छ ।

पछिल्लो समय धेरै होटल खुलेका छन् ग्राहकले अन्य होटलभन्दा यसमा के फरक सुविधा पाउन सक्छन् ?

आमादब्लम होटलको विशेषता भनेको उत्कृष्ट सेवा हो । होटल थ्री स्टार भएपनि हामीले दिने सेवा पाँच तारे सो सरहका छन् । विशेषगरी मध्यमवर्गीय पर्यटकहरुका लागि यो होटल उपयोगी छ । पाँच तारे होटल महंगो र साधारण होटलका सेवा खासै राम्रो नहुने भएकोले मध्यमवर्गलाई लक्षित गरी खोलेका हौं । त्यस्तै खानाको मूल्य यही स्तरका अन्य होटलभन्दा कम छ । तर, सेवा भने पाँचतारे होटलले दिने सरहको छ ।

होटल सञ्चालनका लागि यही स्थान किन रोज्नुुभयो ?

विशेषगरी पशुपतिनाथ दर्शनका लागि आउने धर्मावलम्बीहरुलाई लक्षित गरी यस स्थानमा होटल खोलिएको हो । पशुपतिमा सवैभन्दा बढी भारतीय पर्यटक आउने भएकोले उनीहरुका लागि यो स्थान उपयोगी छ । त्यस्तै अन्तरराष्ट्रिय विमानस्थलबाट पनि नजिक भएकोले हवाई मार्गमार्फत आउने अन्य पर्यटकको प्राथमिकतामा पनि यस स्थान पर्न सक्छ ।
नेपालमा प्राय बन्द तथा हड्ताल भइरहने हुँदा नेपाली भुगोलका बारेमा जानकारी नभएका पर्यटकले विमानस्थलमा आएर खाना तथा बस्नका लागि अलमलिनु पर्दैन । त्यस्तै एयरलाइन्सको डिस्टवेन्स वा फ्लाइट डिले भएको अवस्थामा पनि यहाँ बस्न सहज हुन्छ । यो काठमाडौं भक्तपुर तथा ललितपुरको मध्य भागमा पर्छ । यहाँबाट बौद्धनाथको मन्दिर नजिक पर्ने भएकोले बुद्धधर्मावलम्वीका लागि पनि उपयोगी हुन्छ  ।

होटलको विस्तारको केही योजना छन् कि ?

तत्काल त त्यस्तो योजना छैन । तर, ग्राहकको प्रतिक्रिया हेरेर आगामी १ बर्षभित्र १ सय ओटा कोठा पुर्याउने योजना छ ।  हाल होटलमा ६४ ओटा कोठा सञ्चालनमा छन् । पहिला यसले कस्तो प्रतिफल दिन्छ हेरौ राम्रो प्रतिफल आएमा सेवा तथा लगानी दुवै बढाउने छौं ।

हाल कस्तो कस्तो सुविधा दिइरहनु भएको छ ?  

होटलमा हुने सामान्य सुविधाहरु यस होटलमा छन् । हामीसँग स्पा, फिटनेश, जिम, रेष्टुराराँलगायत सुविधा छन् ।

होटेलले कति जनालाई रोजगारी दिएको छ ?

अहिले हामीसँग आउटसोर्स गरिएका वाहेक ४० जना कर्मचारी छन् । त्यस्तै हाउसकिपिङ, सेक्युरिटीलगायतका क्षेत्रमा आउट सोर्स गरिरहेका छौं । विशेषगरी ठुला पार्टी तथा सेमिनारहरुमा आउटसोर्स नै गरेर चलाउने हो । कामहेरी कर्मचारीको आवश्यकता पर्छ ।

सरकारले चिनीयाँ पर्यटकलाई निःशुल्क भिसाको व्यवस्था गरेको छ, चीनीँया पर्यटक आकर्षित गर्न के गर्नुहुन्छ ?

चिनीयाँ पर्यटकको मुख्य समस्या भनेको भाषा हो  । उनीहरु अंग्रेजी बुझ्दैनन् भने हामी चिनियाँ भाषा जान्दैनौं । चीन विश्वको सम्पन्न राष्ट्रको रुपमा विकशित भइसकेको छ । त्यस्तै प्रति व्यक्ति आय पनि बढेकोले पछिल्लो समय देशबाहिर घुम्न जाने चिनीयाँहरुको संख्या बढेको छ । नेपाल उनीहरुको लागि सस्तो र राम्रो गन्तव्य भएकोले चिनीयाँ पर्यटक तान्न उनीहरुको भाषा जाने गाइड राख्न लागेका छौं । त्यस्तै खानामा पनि चाइनिज परिकार थप्ने योजना छ ।
भाषाकै कारण उनीहरुको माग र चाहना बुझ्न कठिन भइरहेको छ । तसर्थ चिनियाँ पर्यटकलाई आकर्षित गर्न राज्यले पनि विशेष खालको योजना ल्याउनु जरुरी छ ।

अमादब्लमको खानाको मेनुमा विशेष के छ ?

अहिले कन्टिनेन्टल खाना दिइरहेका छौं । केही समय भित्रै चाइनिज परिकार पनि उपलब्ध गराउने सोचमा छौं । हालका लागि नेपाली तथा इण्डियन खाना हाम्रो विशेषता हो ।

पछिल्लो समय होटल स्थापनाको प्रतिशपर्धा बढेको देखिन्छ । के यस क्षेत्रमा राम्रो आम्दानी भएर हो ?

अहिले होटल स्थापनाको क्रम बढेको छ । यो प्रतिस्पर्धा राम्रो पनि हो । यसले पर्यटन प्रवद्र्धनका साथै देशको आर्थिक विकासमा समेत फाइदा गर्छ । तर अस्वस्थ प्रतिपर्धा भने हुन हुदैन ।
नेपालमा हेर्न तथा घुम्न धेरै मनोमोहक स्थानहरु छन् । त्यस्तै बाहिर गएर बास बस्ने आन्तरिक पर्यटक पनि बढेका छन् । विस्तारै पर्यटकीय स्थानहरु पहिचान हुँदै गएकाले त्यस्ता ठाउँ हेर्न मानिसहरु आकर्षित हुन थालेका छन्  । यसले गर्दा पनि यस क्षेत्रमा लगानीको प्रतिस्पर्धा बढेको हो । प्रचारप्रसार भएमा व्यवसाय बढ्ने आशामा यस व्यवसायमा लगानी गर्नेेहरु धेरै छन् । होटल दिर्घकालिन व्यवसाय भएकोले नाफा हेरेर नै व्यवसायीले लगानी गर्छन् ।

होटल व्यवसायको समस्या के हो ?

होटल व्यवसायमा लगानी अनुसारको आम्दानी छैन । यो सवै भन्दा ठूलो समस्या हो ।  यस्तै विभिन्न पार्टी आवद्ध मजदूर युनियनले गर्दा होटल व्यवसायमा असर गरेको देखिन्छ । विभिन्न कर्मचारी युनियनले काम कर्तव्य भुलेर माग मात्र राख्ने परिपाटी बढेको छ । होटलमा श्रमिकको हित र व्यवसाय प्रवद्र्धन गरिनुपर्छ तर विभिन्न खालका नाममा व्यवसाय नै धराशयी पारिनु हुँदैन ।

तपाइको विचारमा लगानी अनुसारको मुनाफा लिन होटेल व्यवसायीले के गर्नुपर्ला  ?

नेपालको पर्यटकीय स्थलको प्रचारप्रसार कम छ । यसले गर्दा सोचेअनुसारको पर्यटक भित्रिएका छैनन् । त्यस्तै, एयरलाइन्सहरुले नियमित र भरपर्दो सेवा दिन सकेका छैनन् । भौगोलिक विकटताले पनि पर्यटक आगमनमा प्रभाव पारेको छ । देशको आन्तरिक समस्या हटाउने तथा भरपर्दो सेवा सुविधा दिएमा पर्यटकको आगमनसँगै होटल व्यवसाय पनि फस्टाउछ भने होटलले पनि लगानी अनुसारको मुनाफा लिन सक्छन् ।

भुकम्प तथा नाकाबन्दी पछि विश्वमा नेपालबारे नकारात्मक समाचार पुगेको छ, यस्तो अवस्थामा पर्यटक आकर्षित गर्न के गर्नु पर्ला ?

पक्कै पनि भुकम्प र नाकाबन्दीपछि अन्तरराष्ट्रिय जगतमा नेपालबारे नकारात्मक सन्देश पुगेको छ । त्यसले गर्दा पर्यटक आकर्षित गर्न विभिन्न खालका योजना ल्याउनु जरुरी छ । त्यस्तै पर्यटकका लागि सुविधाहरु पनि थप गर्नु जरुरी छ ।

यस क्षेत्रको प्रवद्र्धनका लागि सरकारी पक्षबाट कस्ता योजना ल्याउनु आवश्यक छ ?

सवै क्षेत्रको विकास राजनितीमा जोडिन्छ । राजनितीक स्थिरता भएमा सवै क्षेत्रको विकास हुन सक्छ । देशका राजनीतिक मुद्दा समाधान भएको अवस्थामा व्यवसाय फस्टाउन सक्छ । तर, राजनीतिक स्थिरता नभएको आवस्थामा मुनाफा कमाउन सकिदैन । तसर्थ सर्वप्रथम राजनीतिक स्थिरता आवश्यक छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL