Logo

अझै तिरेनन् इन्टरनेट सेवाप्रदायकले पोलभाडा, तार काटिदिने प्राधिकरणको चेतावनी

अझै तिरेनन् इन्टरनेट सेवाप्रदायकले पोलभाडा, तार काटिदिने प्राधिकरणको चेतावनी



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरी सेवा प्रवाह गरिरहेका टेलिफोन, इन्टरनेट तथा केबल टिभी संचालकहरुले अझै पोलभाडा नतिरेको देखिएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै अझै पोलभाडा नतिरेका सेवाप्रदायकले चाँडै तिर्न ताकेता गरेको हो ।

laxmi

गत असोजमा प्राधिकरणले करोडौं रुपैयाँ पोलभाडा नतिर्ने टेलिफोन, इन्टरनेट र केबल टिभी सेवाको लाईन काटिदिएको थियो । त्यसपश्चात सेवाप्रदायकले भाडा तिर्नेगरी सम्झौता गरेका थिए । धेरैजसो सेवाप्रदायकले भाडा तिरेपनि अझै केहिले भाडा तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ ।

अधिकांश सेवा प्रदायकहरुले नियमानुसार पोलभाडा सम्झौता नगरी विद्युतीय संरचनाहरु प्रयोग गरिरहेको प्राधिकरणको भनाई छ ।
यस्ता सेवाप्रदायकलाई समयमै सम्झौता गर्न, नवीकरण वा हालसम्म बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्न प्राधिकरणले पुनः ताकेता गरेको हो ।

यस्तै प्राधिकरणले नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको काम पनि नगर्न चेतावनी दिएको छ ।

प्राधिकरणले नियमानुसार सम्झौता नगर्ने सेवा प्रदायकहरुले लाइन विस्तार गरेको पाइएमा लाइन विस्तारका सामाग्री प्राधिकरणले नियन्त्रणमा लिने चेतावनी दिएको छ। यस्तै, प्राधिकरणको विद्युत संरचनाहरुमा जडान भएका अप्टिकल फाइबर तथा अन्य उपकरणहरु जुनसुकै बेला हटाउने सक्ने भन्दै सेवा प्रदायकहरुलाई चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL