GBIME

डीडीसीले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढायो, भोलिदेखि नयाँ मूल्य लागु हुने


बिजखबर संवाददाता
10 February, 2022 1:30 pm

ddc milk

काठमाडौं । सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ । मूल्यबृद्धिसँगै अब डीडीसीको एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ । यसअघि डीडीसीको दुधको मुल्य प्रतिलिटर ७६ थियो ।

NLIC

संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको हो । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ । बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो ।

यसअघि मन्त्रिपरिषद् बैठकले किसानले पाउने गरी कच्चा दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढाउने निर्णय गरेको थियो ।

Citizenslife
प्रतिक्रिया दिनुहोस्

CIVIL