Logo

चुनावी हल्लाले धानिएन नेप्से : यसकारण बजारमा गिरावट, कारोबार भने साढे ८ अर्बमाथि

चुनावी हल्लाले धानिएन नेप्से : यसकारण बजारमा गिरावट, कारोबार भने साढे ८ अर्बमाथि



काठमाडौं । सरकारले जेठ ४ गते स्थानीय निकायको निर्वाचन एकैपटक गर्न सुझाव दिएसँगै लगानीकर्ताहरुले बिहीबार उच्च अंकले बजार बढ्ने अपेक्षा गरेका थिए । तर बिहीबार शुरुदेखि नै उकालो लागेको बजार अन्तिममा आएर दोहोरो अंकले घट्न पुगेको छ ।

laxmi

बिहीबारको सुरुवाती बढाईले नेप्से परिसुचकले २९ अंक पारगर्दै माथि जाने देखिएपनि अन्तिममा आएर समग्र नेप्से परिसुचक २ हजार ८७६ अंकमा झरेको छ । सरकारले स्थानीय निकायको निर्वाचन समयमै गर्दा बजारमा तरलता आउनुका साथै त्यसले लगानीकर्तामा मनोबैज्ञानिक माहोल सिर्जना गर्ने देखिएपनि सोही अनुरुप नेप्से परिसुचक उकालो लाग्न सकेन ।

‘चुनावले बजार बढ्ने संकेत गरेपनि राष्ट्र बैंकले सम्पति शुद्धीकरण अनुगमन अन्तरगत ७ लाखभन्दा बढी नगद कारोबारको सम्पूर्ण विवरण पढाउन सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै त्यसले लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर परेको देखियो,’ एक लगानीकर्ताले भने, ‘जसका कारण चुनावी रौनककाबीच पनि सेयर बजार बढ्न सकेन ।’

लामो समयदेखि सेयर बजारमा कालोधन (स्रोत नखुलेको रकम) भित्रिएको आशंककामा विभिन्न टिकाटिप्पणी हुँदै आएका थिए । तर अहिले १० लाख रुपैयाँभन्दा बढीको कारोबार अनिवार्य रुपमा चेकमार्फत भएपनि राष्ट्र बैंकले ७ लाखभन्दा माथिकै कारोबारमा अनुसन्धान प्रक्रिया बढाएपनि लगानीकर्ता थप दबाबमा परेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

सोहीअनुरुप बिहीबार अन्तिम समयमा आएर नेप्से परिसुचक १४.५८ अंकले घट्न पुगेको छ । बजारमा जलविद्युत र निर्जीवन बीमा बाहेक सबै समुहको परिसुचकमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा बढी फाइनान्स समुहको परिसुचकमा १.३१ अंकको गिरावट आएको छ । यसैगरी बजारमा होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा र उत्पादनमुलक समुहको परिसुचक १ प्रतिशतभन्दा बढीले घट्न पुगेका छन् ।

बिहीबार नेप्से परिसुचक दोहोरो अंकले घटेपनि कारोबार रकममा भने उत्साह देखिएको छ । दिनभर कुल ८ अर्ब ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२४ कम्पनीको १ करोड ५७ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । दोहोरो अंकले घटेको बजारमा वीन नेपाल लघुवित्तले मुल्य बढेर सर्किट हानेको छ भने बुद्धभुमि हाइड्रोको सेयर पनि करीव सर्किट नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL