Logo

बेलायतमा मजदूरको ठूलो अभाव, एक घण्टाको ज्याला १६०० रुपैयाँभन्दा बढी

बेलायतमा मजदूरको ठूलो अभाव, एक घण्टाको ज्याला १६०० रुपैयाँभन्दा बढी



काठमाडौं । कोरोनाको अवधिमा बेलायतमा कामदारको ठूलो अभाव भएको छ, जसका कारण त्यहाँको व्यापार नराम्ररी प्रभावित भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको कहरले सारा विश्व त्रसित छ । यसबाट बच्न बेलायतमा लाखौं कामदार बिदामा गएका छन् । जसका कारण कामदारको अभाव भएको छ । यसलाई समाधान गर्न कम्पनीहरूले न्यूनतम पारिश्रमिक बढाइरहेका छन् ।यसैलाई ध्यानमा राख्दै, देशको दोस्रो ठूलो सुपरमार्केट चेन सेन्सबरीले किराना डेलिभरी चालकहरूको प्रति घण्टा ज्याला १२ प्रतिशतले बढाउने निर्णय गरेको छ। यससँगै सबैभन्दा कम पारिश्रमिक पाउने पसलका कामदारको पारिश्रमिक पनि पाँच प्रतिशतले बढाइएको छ ।

सेन्सबरीको सुपरमार्केटहरूमा पसलका कामदारहरूको आधारभूत तलब हाल ९ दशमलव ५० पाउण्ड छ, जुन ६ मार्चबाट बढेर १० पाउण्ड (लगभग रु १६००) हुनेछ । अर्थात् हरेक घण्टा काम गरेबापत कामदारले १ हजार ६ सय रुपैयाँ पाउनेछन् । कामदारको पारिश्रमिक वृद्धिले करिब १० करोड पाउण्डको भार पर्ने कम्पनीले जनाएको छ । किराना डेलिभरी चालकहरूको लागि प्रति घण्टा ज्याला ११.५० हुनेछ।

पारिश्रमिक बढ्नेछ

बेलायतमा अप्रिलदेखि न्यूनतम ज्याला ८.९१ बाट ९.५० पाउण्डमा बढ्नेछ। यो २५ वर्ष र माथि उमेरका मानिसहरूका लागि हो। टेस्को र अस्डा जस्ता केही कम्पनीहरूले योग्य लरी चालकहरूलाई १ हजार पाउण्ड वा सोभन्दा माथिको साइनिङ बोनस प्रदान गर्दैछन् ।

सेन्सबरीका प्रमुख कार्यकारी साइमन रोबर्ट्सले भने, ‘हामी हाम्रा साझेदारहरूको लागि यो महत्त्वपूर्ण लगानी गर्दैछौं। हामी तिनीहरूलाई देखाउन चाहन्छौं कि तिनीहरू हाम्रो लागि कति महत्त्वपूर्ण छन् । यो पनि हाम्रो योजना राम्ररी अघि बढेको प्रमाण हो।’ बेलायतको सुपरमार्केट क्षेत्रमा सेन्सबरीको १६ प्रतिशत हिस्सेदारी छ। यो १८६९ मा जोन जेम्स सेन्सबरी द्वारा स्थापित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL