Logo

नेप्सेमा उत्तारचढाव, एकैदिन ७० अंकले घट्यो परिसुचक

नेप्सेमा उत्तारचढाव, एकैदिन ७० अंकले घट्यो परिसुचक



काठमाडौं । साताको पहिलो दिन ७१ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार करिव सोही अंकले ओरालो लागेको छ । बजारमा कारोबार भएका अधिकतम कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा आज परिसुचक ६९ दशमलव ७७ अंकले घट्दै २५ सय २१ को विन्दुमा पुगेको छ । यसरी दैनिक रुपमा ठुलो अंकको घटबढ हुनु बजारका लागि नराम्रो संकेत देखापरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

laxmi

आईतबार बीमा समुहको परिसुचकले उचालेको सेयरबजारमा ३० बढि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । आज सबै समुहको परिसुचक ओरालो लाग्दा सबैभन्दा बढि निर्जीवन बीमा समुहको परिसुचक ६ सय १८ अंकले घटेको छ । यस्तै आज जीवन बीमा समुहको परिसुचक २ सय ९०, माइक्रोफाईनान्स ११९, विकास बैंक १७३, उत्पादनमुलक १ सय १६ र जलविद्युत समुहको परिसुचक १ सय ९ अंकले घटेका छ ।

बजारमा सबैभन्दा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज २७ अंकको गिरावट आएको छ । आज बजारमा कारोबार भएका कुल २ सय ३८ कम्पनीका १ करोड २ लाख ९२ हजार २ सय २६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

कारोबार भएका कम्पनीमध्ये गुराँस माइक्रोफाईनान्स र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य २५ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको देखिन्छ । यस्तै यता १ सय ९८ कम्पनीको सेयरमूल्य भने ओरालो लागेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL