Logo

लगानीकर्ता धानिन नसक्दा बजारमा प्यानिक सेल, सेयर किन्ने नहुँदा साढे २ अर्बमै खुम्चियो कारोबार

लगानीकर्ता धानिन नसक्दा बजारमा प्यानिक सेल, सेयर किन्ने नहुँदा साढे २ अर्बमै खुम्चियो कारोबार



काठमाडौं । बजारमा लगानीकर्ता धानिन नसक्दा पेनिक सेल आउन थालेको छ । पछिल्लो समय ओरालो लागेको बजार २५ प्रतिशतभन्दा बढीले घट्दा लगानीकर्ताहरु प्यानिक सेलको अवस्थामा पुगेका छन् ।

laxmi

बुधबार पनि बजारमा लगानीकर्ताहरुले मागभन्दा बढी सेयरको आपूर्ति दिएका छन् । बजारमा सेयर किन्ने व्यक्ति नभएपनि बिक्रीतर्फभने उच्च चाप देखिएको छ । जसका कारण नेप्से परिसुचक उच्च अंकले घट्नुका साथै कारोबार रकममा समेत गिरावट आएको छ ।

बजारमा तरलता अभाव हुँदा लगानीकर्ताहरुmले थप कर्जा लिएर लगानीगर्ने वातावरण नभएको तथा बजार २५ प्रतिशत घटिसकेकाले मार्जिन कलको समेत प्रेसर परेका कारण सेलिङ प्रेसर आउन थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘बजार कहिले र कतिसम्म घट्ने हो कुनै टुङ्गो छैन,’ एक लगानीकर्ताले भने, ‘यस्तो अवस्थामा मार्जिन कलको प्रेसर आउँदा लगानीकर्ताले आत्तिएर पनि सेयर बिक्री गर्न थालेका छन् ।’

बुधबार नेप्से परिसुचक २५ सय अंकमा ओरालो लागेको छ । दिनभर नेप्से परिसुचक ५३ अंकले घट्दा २ हजार ४ सय ५५ अंकमा आएर अडिएको छ । जसमा २२६ कम्पनीको ६५ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

उच्च अंकले घटेको बजारमा सबै समुहका परिसुचकहरु ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी विकास बैंक र जलविुद्यत समुहका परिसुचक घट्न पुगेका छन् । यसैगरी बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि २६ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL