Logo

खुला प्रतिस्पर्धाबाट धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न आवेदन माग, यस्ता छन मापदण्ड

खुला प्रतिस्पर्धाबाट धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न आवेदन माग, यस्ता छन मापदण्ड



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । अर्थमन्त्रालयले १५ दिनभित्र अर्थात कात्तिक २५ गतेभित्र आवेदन दिन मिल्नेगरी अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो ।

laxmi

यसका लागि इच्छुक नेपाली नागरिकले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाना, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ । को पूर्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। सरकारले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिद्वारा पदपूर्ति गर्न लागेको हो।

धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको उच्च नैतिक चरित्र भएको नेपाली नागरिकले उक्त पदका लागि आवेदन दिन सक्नेछन्।

यसका साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको र तीन वर्ष पुरा भइ ६० वर्ष उमेर ननाघेको हुनुपर्ने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ।

सरकारले उनको बरखास्तीपछि बाँकी अवधिका लागि नयाँ अध्यक्ष नियुक्तका लागि खुल्ला प्रतिश्पर्धा गर्न लागिएको हो । गर्न प्रक्रिया अगाडि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL