Logo

प्रधानमन्त्री रोजगार कार्यक्रममा १ लाख ७६ हजार युवा आवद्ध

प्रधानमन्त्री रोजगार कार्यक्रममा १ लाख ७६ हजार युवा आवद्ध



काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममा १ लाख ७६ हजार जना युवा रोजगारीमा सामेल भएका छन । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले एक पत्रकार सम्मेलनमा देशभरका १ लाख ७५ हजार ९ सय ९ जना युवाले रोजगार पाएका घोषणा गरेका हुन ।

उनका अनुसार गत आर्थिक बर्ष १७ लाख जना युवाले बेरोजगारको सुचिमा नाम दर्ता गराएका थिए । मन्त्री बिष्टका अनुसार उक्त रोजगार कार्यक्रममा ६ हजार ८ सय ६४ सामुदायिक आयोजनाहरु समावेश गरिएको थियो । जसमा २२ लाख ६२ हजार ६ सय ६९ दिनको रोजगारी दिईएको थियो । उक्त रोजगारीको आँकडा हेर्दा प्रति एक जनाले करिव १३ दिनको रोजगारी पाएको छ ।

मन्त्री बिष्टका अनुसार उक्त रोजगार कार्यक्रममा विभिन्न गतिविधि भएपनि बाहिर भने सकारात्मक भन्दा नकारात्मक बढि आएका छन । उनका अनुसार कार्यक्रममा हालसम्म भएका सकारात्मक सबै कार्यक्रमको बारेमा फोटोहरु देखाईनेछ । सरकारले केही बर्षमा नै बेरोजगारीको अन्त्य गर्ने उद्देष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL