Logo

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ५,३०० जनालाई अवसर

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ५,३०० जनालाई अवसर



काठमाडौं । सोमबारदेखि सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आवेदन खुला भएको छ। ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली श्रमिक पठाउने उद्देश्यले योग्य उम्मेदवार छनोट गर्न आवेदन प्रक्रिया सुरु गरिएको हो।

शाखाका अनुसार उत्पादनमूलक तथा कृषि र पशुपालन क्षेत्रका लागि आवेदन दिन सकिनेछ। उत्पादन क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १,८०० गरी कुल ५,३०० जना परीक्षामा उत्तीर्ण हुने सम्भावना रहेको अनुमान गरिएको छ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्र दरखास्त दिन पाउने व्यवस्था गरिएको छ। काठमाडौं केन्द्रबाट सञ्चालन हुने यो भाषा परीक्षाको लागि साउन ३१ गतेसम्म आवेदन फारम बुझाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्