Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, १० अर्ब माथिको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, १० अर्ब माथिको कारोबार



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट देखिएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको हो ।

आज कुल ३ सय २४ कम्पनीका २ करोड ५० लाख ९२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब २१ करोड माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये २ सय २० कम्पनीको सेयरमूल्यम गिरावट आउँदा ३० कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । आज म्युचुअल फण्ड र अतिरिक्तबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्