Logo

न्यूनतम पारिश्रमिक निर्धारणमा संयुक्त ट्रेड युनियनको चेतावनी, बढेको तलब २०७७ साउनदेखि नपाए आन्दोलन

न्यूनतम पारिश्रमिक निर्धारणमा संयुक्त ट्रेड युनियनको चेतावनी, बढेको तलब २०७७ साउनदेखि नपाए आन्दोलन



काठमाडौैं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) ले सरकारले वृद्धि गरेको तलव चालू आर्थिक बर्षको सुरु देखिनै नपाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । निजी क्षेत्र (उद्योगी व्यवसायी) ले सरकारले वृद्धि गरेको तलब २०७८ साउनदेखि पनि दिननसक्ने बताईरहँदा ट्रेड युनियनहरुले भने बढेको तलब २०७७ साउन बाटै नपाए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

सरकार, रोजगारदता र ट्रेड युनिनहरुबीचको त्रिपक्षीय सहमति अनुसार हरेक २ बर्षमा श्रमिकको तलबमान वृद्धि वा पुनरावलोकन हुनुपर्दछ । तर हाल आएर श्रम ऐन, २०७४ को दफा १०६ र १०७ विपरित श्रमिकहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको तथा सो निर्धारित पारिश्रमिक पनि २०७८ श्रावण महिना देखि लागु हुने गरिएको निर्णय कानून विपरित भएकोले वृद्धि भएको तलब २०७७ साउनदेखि नै कार्यान्वयनमा आउनु पर्ने जेटीयुसीसीको माग छ ।

हालको तलब वृद्धिको निर्णयप्रति जेटियुसीसीले असहमति जनाउंदै उक्त नेपाल राजपत्रमा प्रकाशित सूचना बदर गरी कानून अनुसार जेटियुसीसी लगायतको सहमतिमा चिया बगान समेतको पारिश्रमिक अविलम्ब निर्धारण गरी सो निर्धारित न्यूनतम पारिश्रमिक २०७७ श्रावण महिना देखि लागु गर्न सम्बन्धित मन्त्रालयसँग माग गरेको छ । साथै आफ्नो माग अनुसार निर्णय नभए चरणवद्ध रुपमा अन्दोलनमा जाने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL