Logo

कोरोना कहर : एसईई परिक्षा स्थगित

कोरोना कहर : एसईई परिक्षा स्थगित



काठमाडौं । सरकारले बिहीबारदेखि हुने भनिएको एसईई परिक्षा स्थगित गरेको छ । पछिल्लो समय विश्वभर महामारीको समस्याका कारण नेपालमा यसको रोकथाम गर्न एसईई परिक्षा स्थगित गरिएको हो ।

उपप्रधानमन्त्री ईश्वर पोख्रेलले परिक्षा स्थगित गरिएको बताएका हुन । उनले अर्काे सुचना नआउँदासम्मका लागि एसईई परिक्षा स्थगित गरिएको जानकारी दिएका हुन । सरकारले बुधबार दिउँसो मात्रै एसईई परिक्षा स्थगित नगर्ने तर सबै परिक्षास्थलमा हेल्थडेस्क राख्ने निर्णय गरेको थियो ।

यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL