Logo

एजुकेशन अध्ययन नगरेपनि शिक्षक अध्ययन अनुमतिपत्र पाउने, यस्तो बन्यो नयाँ सहमती

एजुकेशन अध्ययन नगरेपनि शिक्षक अध्ययन अनुमतिपत्र पाउने, यस्तो बन्यो नयाँ सहमती



काठमाडौं । अब शिक्षा संकाय (एजुकेशन) नपढेकाले पनि शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स)को परिक्षामा भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले पनि अवसर पाउने सहमति जुटाएको हो ।

शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ । प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुनर्ताजगी तालिम लिइ शिक्षकलाई अध्यावधि गर्नु पर्ने व्यवस्था समितिले पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This